यशराजको फिल्ममा सुपरहिरो बन्दै अजय देवगन « Khabarhub

यशराजको फिल्ममा सुपरहिरो बन्दै अजय देवगन


७ भाद्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारतीय कलाकार अजय देवगन र निर्माता आदित्य चोपडाले एकसाथ काम गर्ने भएका छन् । अजय र आदित्यले लामो समयको दुष्मनी बिर्सेर एकसाथ फिल्ममा सहकार्य गर्न लागेका हुन् ।

यशराज ब्यानर पचास वर्ष पुगेको खुशीयालीमा एक फिल्मको घोषणा हुने भारतीय मिडियाले उल्लेख गरेका छन् ।

मिडियाका अनुसार यशराज फिल्मसले घोषणा गर्ने फिल्ममा अजय देवगनको शीर्ष भूमिका रहने छ । फिल्मको निर्देशन शिव रवैलले निर्देशन गर्नेछन्, यो उनको पहिलो फिल्म पनि हो ।

खबरका अनुसार अजय फिल्ममा सुपरहिरोको भूमिकामा रहनेछन् । अजयले आजसम्म कुनै फिल्ममा पनि सुपरहिरोको भूमिका निभाएका छैनन् ।

तर, यो खबरलाई आधिकारिक रुपमा भने अझै पुष्टि गरिएको छैन । अजयकोे फिल्म ‘भुज द प्राइड अफ इन्डिया’ रिलिजका क्रममा छ । कोरोना भाइरसका कारण फिल्मको रिलिज मिति अन्यौलमा छ ।

प्रकाशित मिति : ७ भाद्र २०७७, आइतबार  ३ : १२ बजे

बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका

१३ क्षेत्रमा अझै पुगन कांग्रेस सदस्यता फारम

काठमाडौं- मंसिर २९ भित्रै क्रियाशील सदस्यता बाँडिसकेर पालिकामा सिफारिस गरिसक्नुपर्ने

छुटेकाको सदस्यता नवीकरणबारे कांग्रेसको यस्तो ‘अफर’

काठमाडौं- नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन समितिले १४औँ महाधिवेशनमा छुटेका क्रियाशील

पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल

तीन महिना लामो उपचारपछि स्वदेश फर्कँदै झलनाथ पत्नी चित्रकार

काठमाडौं – पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी प्राध्यापक रविलक्ष्मी चित्रकार भारतको