यशराजको फिल्ममा सुपरहिरो बन्दै अजय देवगन « Khabarhub

यशराजको फिल्ममा सुपरहिरो बन्दै अजय देवगन


७ भाद्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारतीय कलाकार अजय देवगन र निर्माता आदित्य चोपडाले एकसाथ काम गर्ने भएका छन् । अजय र आदित्यले लामो समयको दुष्मनी बिर्सेर एकसाथ फिल्ममा सहकार्य गर्न लागेका हुन् ।

यशराज ब्यानर पचास वर्ष पुगेको खुशीयालीमा एक फिल्मको घोषणा हुने भारतीय मिडियाले उल्लेख गरेका छन् ।

मिडियाका अनुसार यशराज फिल्मसले घोषणा गर्ने फिल्ममा अजय देवगनको शीर्ष भूमिका रहने छ । फिल्मको निर्देशन शिव रवैलले निर्देशन गर्नेछन्, यो उनको पहिलो फिल्म पनि हो ।

खबरका अनुसार अजय फिल्ममा सुपरहिरोको भूमिकामा रहनेछन् । अजयले आजसम्म कुनै फिल्ममा पनि सुपरहिरोको भूमिका निभाएका छैनन् ।

तर, यो खबरलाई आधिकारिक रुपमा भने अझै पुष्टि गरिएको छैन । अजयकोे फिल्म ‘भुज द प्राइड अफ इन्डिया’ रिलिजका क्रममा छ । कोरोना भाइरसका कारण फिल्मको रिलिज मिति अन्यौलमा छ ।

प्रकाशित मिति : ७ भाद्र २०७७, आइतबार  ३ : १२ बजे

सङ्घीय संसदका दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ– सङ्घीय संसदका दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको

कांग्रेस देउवा पक्षको १५औँ महाधिवेशन प्रक्रिया सुरु, आज वडा अधिवेशन

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षीय कांग्रेसको १५औँ महाधिवेशन

लामिन यामल भन्छन्- मेसी विश्वकै सर्वोत्कृष्ट फुटबलर हुन्

काठमाडौँ – बार्सिलोनाका युवा स्टार स्ट्राइकर लामिन यामलले अर्जेन्टिनी कप्तान

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सार्वजनिक सवारीमा अग्निनियन्त्रक यन्त्र अनिवार्य : रुट परमिटमा पनि कडाइ

काठमाडौँ – काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले यात्रुवाहक सार्वजनिक सवारीसाधनलाई