तीन बालिका वाग्मतीमा बेपत्ता « Khabarhub

तीन बालिका वाग्मतीमा बेपत्ता


७ भाद्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रौतहट- नुहाउन गएका तीन बालिका गढीमाई नगरपालिका वडा नम्बर ७ धरमपुरघाटस्थित वाग्मती नदीमा आज बेपत्ता भएका छन् ।

बेपत्ता हुनेमा धरमपुर टोल बस्ने भदई मुखियाकी १० वर्षीया छोरी पिंकुकुमारी, लछुमन दासकी १२ वर्षीया छोरी सुशीलाकुमारी र छट्टु मुखियाकी १० वर्षीया छोरी चञ्चलकुमारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रविराज खड्काले बताए ।

ऋषिपञ्चमीका अवसरमा बिहान करीब .१० बजे टोलका अन्य महिलासँग नुहाउन गएका बालिकाहरु नुहाउँदा नुहाउँदै अचानक बेपत्ता भएको स्थानीयवासी महिलाले बताएका छन् ।

सो घटनाको खबर आएपछि इलाका प्रहरी कार्यालय समनपुरका प्रहरी नायब निरीक्षक क्षेत्रबहादुर बरुवालको नेतृत्वमा गएको प्रहरी तथा सशस्त्र बेश क्याम्प समनपुरको प्रहरी टोली घटनास्थलमा पुगेर खोजतलास शुरु गरेको प्रहरी उपरीक्षक खड्काले जानकारी दिए ।

अन्य दिनका तुलनामा आज पानीको बहाव तीव्र रहेको रौतहट प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ७ भाद्र २०७७, आइतबार  ३ : १७ बजे

सत्ताको भागबण्डा अब चाँडै मिल्छ

पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दोस्रो पटक विश्वासको मत लिएपछि नेपाली कांग्रेससहित

अमेरिकाको एक स्कुलमा गोली चल्यो, ६ जनाको मृत्यु

काठमाडौँ-अमेरिकाको टेनेसीको निजी स्कुलमा गोली चल्दा तीन बालबालिकासहित ६ जनाको

सगरमाथासहित ४ हिमाल सफा गर्ने टोलीको बिदाइ आज

काठमाडौँ – ‘सफा हिमाल अभियान २०२३’ अन्तर्गत सफाइ अभियानमा सहभागी

फ्रान्सको लगातार दोस्रो जित, आयरल्याण्ड पराजित

काठमाडौँ- युरोकप छनोटमा फ्रान्सले लगातार दोस्रो जित निकालेको छ। आयरल्यान्डस्थित

झपक्कै फुल्यो आँप

तुलसीपुर – यस वर्ष दाङमा विगतभन्दा अत्यधिक मात्रामा आँप फुलेको