भारतमा बसेर नेपालमा हतियार र लागुऔषध कारोबार गर्ने एक जना पक्राउ « Khabarhub

भारतमा बसेर नेपालमा हतियार र लागुऔषध कारोबार गर्ने एक जना पक्राउ


७ भाद्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ – भारतमा बसेर नेपालमा आपराधिक गतिविधि सञ्चालन गरेको अभियोगमा ‘बग्गा’ भनिने भारतीय नागरिक प्रदीप यादवलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङले भारत बिहारका ‘बग्गा’ भनिने ३९ वर्षीय प्रदीप यादवलाई शनिबार पक्राउ गरेको हो।

प्रहरीका अनुसार उनी भारतमा बसेर नेपालको प्रदेश १ र २ का जिल्लामा अवैध हातहतियार तथा लागुऔषधको कारोबार गर्ने मुख्य नाईके हुन् ।

विराटनगर महानगरपालिका-१६ दरैया नाकामा नियन्त्रित लागुऔषधसहित यादवलाई पक्राउ गरिएको मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काले बताए।

यादवको साथबाट १५ बोतल डाइलेक्स डिसी, ५० चक्की नाट्रोसन र ५१ चक्कली नाइट्राभेट बरामद भएको खड्काले बताए । प्रहरीका अनुसार यादव भारतमा बसेर नेपालमा आपराधिक गतिविधि गर्छन्।

प्रहरीका अनुसार उनीविरूद्ध नेपालमा हातहतियार, खरखजना तथा लागुऔषध मुद्दा विचाराधीन छ । विशेषगरी १ नम्बर र २ नम्बर प्रदेशका जिल्लामा अवैध रुपमा हातहतियार र लागुऔषधको कारोबारको सञ्जाल विस्तारमा उनको संलग्नता रहेको प्रहरीले जनाएको छ।

यादवले २०७५ मंसिर ३ गते उदयपुर उदयपुरगढी गाँउपालिका-१९ का मन्दिप तामाङलाई ‘मेड इन युएसए’ लेखेको अटोमेटिक पेस्तोल पठाएका थिए।

यादवले सुनसरी इटहरी उपमहानगरपालिका-१२ खनारका ३५ वर्षीय सुशीलकुमार साहुमार्फत पठाएको अनुसन्धानमा खुलेको प्रहरीले दाबि गरेको छ । यादवलाई हिरासतमा राखेर थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ७ भाद्र २०७७, आइतबार  ३ : ३५ बजे

प्रतिनिधिसभा सदस्य निर्वाचन : तयारी तीव्र, कार्यालय स्थापना

काभ्रेपलाञ्चोक– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जिल्लामा तयारी तीव्र पारिएको छ

 जनकपुरमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

महेन्द्रनगर– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

ट्राफिक जनचेतना फैलाउन ठमेलमा सांस्कृतिक कार्यक्रम हुने

काठमाडौं– ट्राफिक प्रहरीले ट्राफिक जनचेतना फैलाउनका लागि राजधानीको प्रमुख पर्यटकीय गन्तव्य

दिक्तेलमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

खोटाङ– आगामी फागुन–२१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि खोटाङको

लामिछानेको मुद्दा फिर्ता गर्ने निर्णयमा बारको आपत्ति

काठमाडौं– नेपाल बार एसोसिएसनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति