ट्राफिक जनचेतना फैलाउन ठमेलमा सांस्कृतिक कार्यक्रम हुने « Khabarhub

ट्राफिक जनचेतना फैलाउन ठमेलमा सांस्कृतिक कार्यक्रम हुने


२ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ट्राफिक प्रहरीले ट्राफिक जनचेतना फैलाउनका लागि राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा साङ्गीतिक कार्यक्रम गर्ने भएको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले ठमेल पर्यटन विकास परिषद्को सहकार्यमा सवारी दुर्घटना न्यूनीकरणका लागि यही माघ ३ गते काठमाडौँ महानगरपालिका–२६ सञ्चयकोष अगाडि सडकमा साङ्गीतिक कार्यक्रम गर्न लागेको हो ।

कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक (एसपी) नरेशराज सुवेदीले युवालाई ट्राफिक जनचेतना फैलाउनका लागि साङ्गीतिक कार्यक्रम आयोजना गरिएको जानकारी दिए । उक्त कार्यक्रममा नेपालका चर्चित गायक जोन चाम्लिङ राईको सहभागिता रहने प्रवक्ता सुवेदीले बताए ।

ट्राफिक कार्यालयले ‘सभ्य नागरिकको चिनारी, सडक दुर्घटना न्यूनीकरण हामी सबैको जिम्मेवारी’ भन्ने मूल नाराका साथ गत पुस २६ गतेदेखि सुरु भएको ट्राफिक सप्ताह भोलि समापन हुँदैछ । ट्राफिक सप्ताहको समापन प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको प्रमुख उपस्थितिमा गरिने कार्यक्रम रहेको प्रवक्ता सुवेदीले बताए । उक्त कार्यक्रममा सांस्कृतिक कार्यक्रमका साथै एक हप्ताभित्र गरेका कामलाई वृत्तचित्रमार्फत प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

ठमेल पर्यटन विकास परिषद्का निवर्तमान अध्यक्ष भविश्वर शर्माले युवामा ट्राफिक जनचेतना फैलाउनका लागि यस्ता जनचेतनामूलक कार्यक्रमले सहयोग पुग्ने बताए । उनले उक्त कार्यक्रममा सहभागी जनाउन ठमेल क्षेत्रका घरधनी तथा व्यवसायीलाई आग्रह समेत गररे । 

प्रकाशित मिति : २ माघ २०८२, शुक्रबार  ६ : ३१ बजे

अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जाँदै

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा तीनदिने

एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ

काठमाडौं – अवैध हुन्डी कारोबारमा सङ्लग्न भएको आरोपमा प्रहरीले एक

बाढीप्रभावितका लागि त्रिभुवन विश्वविद्यालयको नौ करोड २५ लाख सहयोग

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले भोटेकोशी नदीमा गएको विनाशकारी बाढीबाट प्रभावित

मनास्लु आरोहण सुरु

गोरखा – शरद ऋतुका लागि मनास्लु हिमालको आरोहण सुरु भएको

बागमती सरकारले जटिल रोगका बिरामीलाई उपचारमा सहुलियत दिने

मकवानपुर – बागमती प्रदेश सरकारले क्यान्सर, हृदयघात तथा महिलामा हुने