कास्कीमा भदौ १२ सम्म थपियो निषेधाज्ञा « Khabarhub

कास्कीमा भदौ १२ सम्म थपियो निषेधाज्ञा


७ भाद्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की- कास्कीमा निषेधाज्ञा अवधि ५ दिन थपिएको छ । कोरोना भाइरस संक्रमित बढेसँगै निषेधाज्ञाको अवधि भदौ १२ गतेसम्मका लागि लम्ब्याइएको हो ।

कास्कीका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले आइतबार निषेधाज्ञा आदेश जारी गर्दै भदौ १२ गते राति १२ बजेसम्म कायम रहने जानकारी दिएका हुन् । यस अघि पाँच दिनका लागि भदौ २ देखि निषेधाज्ञा जारी गरिएको थियो ।

पुनः थपिएको निषेधाज्ञा अवधिमा अत्यावश्यक कामबाहेक घरबाहिर निस्कन र हिँडडुल नगर्न भनिएको छ ।

यस अवधिमा निर्माण कार्य तथा उद्योगहरू सञ्चालनमा पनि बाधा नपुग्ने निषेधाज्ञा आदेशमा उल्लेख छ । निर्माणसँग सम्बन्धित सामग्री बिक्री गर्ने पसलहरू भने साँझ ५ देखि ७ बजेसम्म खोल्न पाइने छ ।

खाद्यान्न, फलफूल, तरकारी, माछा मासु दूध डेरीजन्य पसल बिहान ५ देखि ८ र साँझ ५ देखि ७ सम्म खोल्न सकिने जनाइएको छ ।

प्रकाशित मिति : ७ भाद्र २०७७, आइतबार  ५ : ५४ बजे

लागुऔषध सेवन गरी सवारी चलाउने चार चालक नियन्त्रण

काठमाडौँ – ट्राफिक प्रहरीले काठमाडौँको कोटेश्वरबाट लागुऔषध सेवन गरी सवारीसाधन

एक सय १० जनाले गरे रक्तदान

कास्की – पोखरास्थित रेडियो अन्नपूर्णले शनिबार आयोजना गरेको २१औँ बहृत्

आर्थिक र सामाजिक रुपान्तरण हुन्छ : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौँ – उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले आर्थिक र

राष्ट्रपति पौडेलको स्वास्थ्यमा समस्या, अस्पताल भर्ना

काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा समस्या देखिएको छ ।

आईपीएलमा कोलकताविरुद्ध पञ्जाब ७ रनले विजयी

काठमाडौं । इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा शनिबारको पहिलो खेल