सङ्क्रमितको सम्पर्कका आएका एक हजारको परीक्षण तयारी | Khabarhub Khabarhub

सङ्क्रमितको सम्पर्कका आएका एक हजारको परीक्षण तयारी


७ भाद्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चोक – धुलिखेल नगरपालिकाका एक हजार नागरिकको पोलिमरेज चेन्ज रियाक्सन (पीसीआर) परीक्षण तयारी गरिने भएको छ । नगरपालिकाका करिब दुई दर्जनको सङ्क्रमितसँगको सम्पर्कमा रहेका एक हजारको तत्काल परीक्षण गरिने भएको हो ।

सङ्क्रमितको सम्पर्कमा रहेका एक हजार नागरिकको पीसीआर परीक्षणको तयारी गरिएको नगरप्रमुख अशोक ब्याञ्जूले बताए । “समुदायमा कोरोना फैलन नदिन तत्काल एक हजारको परीक्षण्को तयारी गरेका हौँ”, उनले भने । उनले सङ्क्रमितको सम्पर्कमा आएका नगरपालिकाका नागरिकलाई पीसीआर परीक्षण गर्न वडा वा नगर कार्यालयमा छिटो सम्पर्क गर्न आग्रह गरिएको बताए ।

नगर स्वास्थ्य शाखाले सङ्क्रमितको सम्पर्क रहेकाको पहिचान भइरहेको तथा पहिचान भएका र सम्पर्कमा आउनेको क्रमैसँग परीक्षण गरिने जनाएको छ । शाखा प्रमुख सन्दिप केसीले भने, “सङ्क्रमितको सम्पर्कमा आएकाको पहिचान गरिरहेका छौँ, अब उहाँको परीक्षण तत्कालै सुरु गर्दैछौँ ।”

उनले नगरका नागरिकमा सङ्क्रमण देखिन थालेपछि हालसम्म ४०० नागरिकको ‘कन्ट्याक्ट ट्रेसिङ’गरी परीक्षण गरिसकिएको जानकारी दिए

शाखाका अनुसार हालसम्म धुलिखेल बसोबास गर्ने २४ मा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यसमध्ये समुदायका आठ नागरिकमा कोरोना सङ्क्रमण देखिएको हो ।

पहिचानका क्रममा एक सङ्क्रमितसँग ३० जनासम्म सम्पर्कमा आएको पाइएको केसीले बताए । “सरदर एक सङक्रमित व्यक्ति २५ जनासम्मको सम्पर्कमा पुग्ने गरेको पाइयो”, उनले भने । उनले सङ्क्रमितको सम्पर्कमा आएकालाई ‘होम क्वारेन्टिन’मा सुरक्षित बसी परीक्षणका लागि स्वाब सङ्कलन गर्न सहयोग गरिदिनसमेत आग्रह गरिएको बताए ।

धुलिखेलमा दुई हप्ताको बीचमा सङ्क्रमित व्यक्तिको सम्पर्कमा सयौँ नागरिक आएकाले तत्काल पहिलो चरणमा एक हजारको परीक्षण गर्न थालिएको हो । उक्त परीक्षणमा संस्थागत रुपमा सरकारीलगायतका कार्यालयका एक जना ‘स्याम्प्लिङ’ गरी परीक्षण गरिनेछ ।

शनिबार मात्रै काभ्रेपलाञ्चोकमा देखिएका ३५ सङ्क्रमितमध्ये धुलिखेल अस्पतालमा कार्यरत १२ थिए । यसअघि विभिन्न स्थानमा अस्पतालमै कार्यरत नौ स्वास्थ्यकर्मीमा सङ्क्रमण पुष्टि भैसकेको छ । त्यस्तै धुलिखेलमा तीन प्रहरी, एक कानुन व्यवसायी तथा स्वास्थ्यकर्मीमा सङ्क्रमण पुष्टि भएको थियो ।

धुलिखेल–७ का ९८ बर्षिय वृद्धको कोरोना सङ्क्रमणबाट यही भदौ २ गते बिहान मृत्यु भएको थियो । पिशाब बन्द भएपछि उपचारार्थ धुलिखेल अस्पतालमा रहेका वृद्धको एक हप्ताअघि कोरोना सङ्क्रमण पुष्टी भइ प्लाज्मा थेरापीमार्फत कोरोना भाइरस्को उपचार गर्ने तयारी भइरहेका बेला मृत्यु भएको अस्पतालले जनाएको छ ।

वृद्धलाई कोरोना देखिएलगत्तै उनीसँगै बस्ने छोरा र बुहारीसहित नौ जनालाई कोरोना सङ्क्रमण पुष्टी भैसकेको छ । ९८ औँ जन्मदिन मनाउन धुलिखेल आएका वृद्धको अघिल्लो दिन अर्थात् गत साउन २८ गते नै अस्पताल लगिएकाले नगरका व्यक्ति सम्पर्कमा आएकाले धेरैमा सङ्क्रमण हुनसक्ने अनुमान गरिएको छ ।

सोही दिन कानुन व्यवसायीमा सङ्क्रमण देखिएपछि जिल्ला अदालतले ‘निजले यसबीचमा सबै कर्मचारीसँग सम्पर्क राखेकाले’ सर्वोच्च अदालत र उच्च अदालत पाटनबाट कुनै आदेश वा निर्देशन भएमा सोही बमोजिम गर्नेगरी अर्को सूचना जारी नभएसम्मका लागि अन्य सेवा स्थगन गरेको छ ।

वृद्धका साथ अस्पतालका थप तीन बिरामीमा कोरोना सङ्क्रमण देखिएपछि अस्पताल क्षेत्र सिल गरी वृद्ध तथा अन्य विरामीको सम्पर्कमा रहेका १२० चिकित्सक तथा स्वास्थ्यकर्मीलाई क्वारेन्टिनमा राखिएको थियो ।

वृद्धको सम्पर्कमा रहेका तथा ४८ घण्टाभित्र सङ्कलन भएका १९० चिकित्सक स्वास्थ्यकर्मीको रिपोर्ट नेगेटिभ आएको अस्पतालले जनाएको थियो । वृद्धसहित काभ्रेपलाञ्चोकमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्या दुई पुगेको छ ।

यसअघि गत साउन २६ गते कोरोना सङ्क्रमणबाट पाँचखाल नपा–२ की एक ५० वर्षीया महिलाको काठमाडौस्थित किष्ट अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । जिल्लामा हालसम्म १४० मा कोरोना सङ्क्रमण देखिएको कोभिड–१९ रोकथाम तथा नियन्त्रण, कमाण्ड पोष्टले जनाएको छ ।

यसमध्ये ४७ सङ्क्रमित उपचारपछि निको भएर घर फर्किएका छन् भने ९१ जनाको विभिन्न अस्पताल तथा होम आइसोलेशनमा उपचार भइरहेको पोष्टले जनाएको छ ।

प्रकाशित मिति : ७ भाद्र २०७७, आइतबार  ६ : ३९ बजे

काठमाडौं र ललितपुरमा करिब ११ लाख बराबरको धनमाल चोरी

काठमाडौं– काठमाडौंको तारकेश्वर नगरपालिका-१० डेरा गरी बस्ने उदयपुर घर भएका २९

बाढी पहिराले देशभरका नौ सडकखण्ड अवरुद्ध

काठमाडौं– अविरल वर्षाले देशभरका विभिन्न नौ सडकमा आवतजावत पूर्ण अवरुद्ध

भरतपुर अस्पतालले बिमाबापतको एक अर्ब पाउन बाँकी

चितवन– भरतपुर अस्पतालले स्वास्थ्य बिमाबापत प्राप्त गर्नुपर्ने रकम एक अर्ब नाघेको

सीमा समस्या संवादबाट समाधान गर्नुपर्छ : प्रचण्ड

मोरङ– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कालापानी–लिपुलेकलगायतका सीमा

प्रधानमन्त्रीका कुरा तोडमोड गरिएको भन्दै स्वकीय सचिवालयको आपत्ति

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको स्वकीय सचिवालयले काठमाडौं जिल्लाबाट प्रतिनिधित्व