प्रहरी र सशस्त्रमा सबै बिदा रोक्का | Khabarhub Khabarhub

प्रहरी र सशस्त्रमा सबै बिदा रोक्का


७ भाद्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोना महामारीका कारण नेपाल प्रहरी र सशस्त्र प्रहरीमा अत्यावश्यकबाहेक सबै बिदा रोक्का गरिएको छ ।

बिदामा छाड्दा कोरोना जोखिम झन बढ्नसक्ने भन्दै सबैलाई काममा बोलाइएको हो । सशस्त्र प्रहरी बलका प्रवक्ता डीआईजी राजु अर्यालले अत्यावश्यकबाहेक सबै बिदामा रोक लगाइएको बताए ।

उनले भने, ‘यस्तो बेलामा जनशक्ति तयारी अवस्थामा पनि राख्नुपर्छ । कोरोना जोखिम बढ्दो छ । त्यसैले अहिलेलाई बिदा रोक्का गरेका हौं ।’

प्रवक्ता अर्यालका अनुसार सशस्त्र प्रहरीको मुख्यालयमा आउने प्रहरी कर्मचारीलाई संगठनकै बसमा ल्याउने लैजाने गरिएको बताए ।

यता प्रहरी प्रवक्ता एसएसपी कुवेर कडायतले अत्यावश्यक बाहेक अन्य बिदामा रोक लगाइएको बताए ।

उनले भने, ‘मृत्यु संस्कार, सुत्केरी, बिरामीलगायतलाई बिदा दिएका छौं । तर अरुलाई बिदा दिए पनि जाने कसरी फर्किने कसरी यस्ता समस्या छन् । त्यसमाथि कोरोना जोखिम छ ।’

उनका अनुसार बिदामा गइहाले पनि गाउँमा क्वारेन्टिन बस्नुपर्ने अवस्था छ । अर्कोतिर विदा सकिएर कार्यालय फर्किंदा पनि क्वारेन्टिनमा अनिवार्य बस्नुपर्छ ।

सार्वजनिक यातायातसमेत नचलेको र घर आउँदा-जाँदा जोखिमसमेत बढ्ने भएकाले बिदामा रोक लगाइएको हो ।

प्रकाशित मिति : ७ भाद्र २०७७, आइतबार  ७ : ४९ बजे

हङकङ सिक्सेस: नेपाल दक्षिण अफ्रिकासँग भिड्दै

काठमाडौं – हङकङ इन्टरनेसनल सिक्सेस क्रिकेट प्रतियोगिताअन्तर्गत आफ्नो दोस्रो खेलमा

प्रहरी कार्यालयमा तोडफोड आरोपमा श्रीमान्–श्रीमती पक्राउ

बनियानी – जेनजी आन्दोलनको क्रममा इलाका प्रहरी कार्यालय अनारमनीमा तोडफोड

चुनाव हारे हारिन्छ संविधान जोगाउन निर्वाचनमा जानुपर्छ: सरिता प्रसाईं

काठमाडौँ– नेपाली कांग्रेसकी नेतृ सरिता प्रसाईंले संविधान जोगाउन पनि पार्टीले

केन्द्रीय सदस्य पौडेलले गगन-विश्वमाथि लगाए यस्ता आरोप

काठमाडौँ– नेपाली कांग्रेसका नेता किरण पौडेलले पार्टीका दुई महामन्त्रीकै भूमिकाले

दैलेखमा जीप दुर्घटना, १५ जना घाइते

काठमाडौं – दैलेखमा बोलेरो जीप दुर्घटना हुँदा १५ जना घाइते