प्रहरी र सशस्त्रमा सबै बिदा रोक्का « Khabarhub

प्रहरी र सशस्त्रमा सबै बिदा रोक्का


७ भाद्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोना महामारीका कारण नेपाल प्रहरी र सशस्त्र प्रहरीमा अत्यावश्यकबाहेक सबै बिदा रोक्का गरिएको छ ।

बिदामा छाड्दा कोरोना जोखिम झन बढ्नसक्ने भन्दै सबैलाई काममा बोलाइएको हो । सशस्त्र प्रहरी बलका प्रवक्ता डीआईजी राजु अर्यालले अत्यावश्यकबाहेक सबै बिदामा रोक लगाइएको बताए ।

उनले भने, ‘यस्तो बेलामा जनशक्ति तयारी अवस्थामा पनि राख्नुपर्छ । कोरोना जोखिम बढ्दो छ । त्यसैले अहिलेलाई बिदा रोक्का गरेका हौं ।’

प्रवक्ता अर्यालका अनुसार सशस्त्र प्रहरीको मुख्यालयमा आउने प्रहरी कर्मचारीलाई संगठनकै बसमा ल्याउने लैजाने गरिएको बताए ।

यता प्रहरी प्रवक्ता एसएसपी कुवेर कडायतले अत्यावश्यक बाहेक अन्य बिदामा रोक लगाइएको बताए ।

उनले भने, ‘मृत्यु संस्कार, सुत्केरी, बिरामीलगायतलाई बिदा दिएका छौं । तर अरुलाई बिदा दिए पनि जाने कसरी फर्किने कसरी यस्ता समस्या छन् । त्यसमाथि कोरोना जोखिम छ ।’

उनका अनुसार बिदामा गइहाले पनि गाउँमा क्वारेन्टिन बस्नुपर्ने अवस्था छ । अर्कोतिर विदा सकिएर कार्यालय फर्किंदा पनि क्वारेन्टिनमा अनिवार्य बस्नुपर्छ ।

सार्वजनिक यातायातसमेत नचलेको र घर आउँदा-जाँदा जोखिमसमेत बढ्ने भएकाले बिदामा रोक लगाइएको हो ।

प्रकाशित मिति : ७ भाद्र २०७७, आइतबार  ७ : ४९ बजे

लुम्बिनी प्रदेशसभा अधिवेशन अन्त्य

तुलसीपुर– लुम्बिनी प्रदेशसभा अधिवेशन अन्त्य भएको छ। प्रदेश प्रमुख कृष्णबहादुर

भोटेकोशी बाढी अपडेट: ४६९ शव भेटिए, १५ सय ४५ जनाको उद्धार

काठमाडाैँ – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित

नागरिक एक भए जुनसुकै चुनौती सामना गर्न सकिन्छ: गृहमन्त्री गुरुङ

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङले मुलुकमा आइपरेको विपत्‌को सामना गर्ने

लेदो पन्छाउन ढिलाइ हुँदा पृथ्वी राजमार्ग अझै अवरुद्ध

काठमाडौं– मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत पृथ्वी राजमार्ग तीन दिनदेखि अवरुद्ध रहेको छ।

भोटेकोशी बाढी :  बाँकेका २७ जना सम्पर्कविहीन

राँझा– कामको सिलसिलामा रसुवा, नुवाकोट आसपासमा रहेका बाँकेका २७ जना