स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्नेलाई कारवाही गर्न गृहको निर्देशन « Khabarhub

स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्नेलाई कारवाही गर्न गृहको निर्देशन


७ भाद्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोना भाइरस संक्रमणको यस विषम परिस्थितिमा अहोरात्र खटिने स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्नेमाथि तत्काल कारबाही गर्न गृह मन्त्रालयले निर्देशन दिएको छ ।

कोरोना भाइरस संक्रमणको रोकथाम र उपचारमा सक्रिय स्वास्थ्यकर्मीमाथी दुर्व्यवहार भइरहेका घटना सार्वजनिक भएपछि गृह मन्त्रालयले कारवाहीका लागि मातहतका निकायमा निर्देशन दिएको हो ।

आइतबार प्रेस विज्ञप्ति जारी गर्दै मन्त्रालयका प्रवक्ता सहसचिव चक्रबहादुर बुढाले तत्काल कानून बमोजिम कारवाही गर्न मातहत सुरक्षा निकाय तथा प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिएका हुन् ।

‘देशका केही स्थानहरूमा कोभिड–१९ संक्रमणको जोखिम नियन्त्रण, रोकथाम तथा उपचारमा आफूलाई जोखिममा राखेर अहोरात्र खटिएका स्वास्थ्यकर्मी लगायतका राष्ट्रसेवक प्रति केही उच्छृंखल व्यक्तिहरूबाट दुर्व्यवहार तथा अपमानित हुने क्रियाकलाप गरेको बुझिएकोले त्यस्ता कार्य हुन/गर्न नदिन तथा संलग्न हुनेहरू उपर तत्काल कानून बमोजिम कारवाही हुन मातहत सुरक्षा निकाय तथा प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिइएको छ,’ विज्ञप्तिमा उल्लेख छ ।

कोरोना संक्रमण जोखिमको मूल्यांकन, विश्लेषण समेतको आधारमा थप जोखिम बढ्न नदिन संक्रामक रोग ऐन २०२० तथा स्थानीय प्रशासन ऐन २०२८ को अधिकार प्रयोग गरी काठमाडौं उपत्यकाका ३ वटै जिल्लासहित ४७ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूबाट निषेधाज्ञा आदेश जारी भएको मन्त्रालयले जनाएको छ ।

यस्तो छ गृहको विज्ञप्ति

प्रकाशित मिति : ७ भाद्र २०७७, आइतबार  ८ : ३१ बजे

इजरायलसँगको सम्बन्ध सुधारविना साउदीलाई -परमाणु प्रविधि नदिने ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी अरेबियासँगको परमाणु सहकार्य

शुक्रबारका लागि लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल साउन ८ गते शुक्रबार सन् २०२६

आज २०८३ साल साउन ८ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन ८ गते शुक्रबार सन् २०२६

सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा

कर्णाली – सुर्खेतमा खाना पकाउने ग्यासको अभाव भएपछि उपभोक्तामा चुलो