कोरोना संक्रमित बढेपछि बैतडीमा सोमबारदेखि निषेधाज्ञा « Khabarhub

कोरोना संक्रमित बढेपछि बैतडीमा सोमबारदेखि निषेधाज्ञा


७ भाद्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी- कोरोना भाइरसको जोखिम न्यूनिकरणका लागि बैतडीमा सोमबारदेखि निषेधाज्ञा गरिने भएको छ ।

सोमबार राति १२ः०० बजेदेखि यही भदौ १४ गते राती १२ः०० बजेसम्म लागु हुने गरी आंशिक रुपमा निषेधाज्ञा जारी गरिएको सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले जानकारी दिए ।

कोरोना भाइरसको संक्रमण बढ्दै गएको र गौरापर्व पनि शुरु भएकाले भीडभाड हुन नदिन स्थानीय प्रशासनले आंशिक निषेधाज्ञा जारी गरेको हो ।

जिल्ला सुरक्षा समितिको आज बसेको बैठकले सङ्क्रामक रोग ऐन २०२० र स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ बमोजिम निषेधाज्ञा जारी गरेको हो । प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीद्वारा जारी गरिएको आदेशमा अत्यावश्यक सेवा तथा वस्तुबाहेक सबै प्रकारका उद्योग, व्यापार व्यवसाय बन्द गरिने उल्लेख गरिएको छ ।

यस्तै अत्यावश्यक कामबाहेक कसैले बाहिर हिँडडुल गर्न पाइने छैन भने बाहिर निस्कनु परेमा अनिवार्यरुपमा मास्कको प्रयोग गरेर मात्रै निस्कन पाइनेछ ।

यसैगरी अत्यावश्यक सामग्री ढुवानी गर्ने, एम्बुलेन्स, सुरक्षा निकायले प्रयोग गर्ने सवारीसाधनबाहेक जिल्लामा अन्य सवारीसाधन प्रवेशमा रोक लगाउने, जिल्लाभित्रका सबै प्रकारका निजी तथा सार्वजनिक सवारी साधनमा रोक लगाइने आदेशमा उल्लेख गरिएको छ ।

काठमाडौंबाट आएका प्रहरीमा कोरोना पुष्टि

काठमाडौंबाट बैतडी सरुवा भएका प्रहरीमा कोरोना सङ्क्रमण पुष्टि भएकोे छ । गत साउन २९ गते काठमाडौंबाट बैतडी सरुवा भएका एक प्रहरी जवान र एक अर्का प्रहरी जवानकी छ महिनाकी छोरीमा पनि कोरोना पुष्टि भएको हो ।

आज डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा एक प्रहरी जवानसहित जिल्लाका चार जनामा कोरोना पुष्टि भएको कोभिड–१९ सम्पर्क व्यक्ति भुवनप्रसाद जोशीले जानकारी दिए ।

काठमाण्डौंबाट सरुवा भइ इलाका प्रहरी कार्यालय पाटन आएका ३१ वर्षीय प्रहरी जवान, काठमाण्डौंबाट सरुवा भएर जिल्ला प्रहरी कार्यालय आउनुभएकी प्रहरी जवानकी छ महिनाकी छोरी, सुर्नया गाउँपालिकाका ३९ वर्षीय पुरुष र दशरथचन्द नगरपालिका–९ का २६ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो ।

कोरोना पुष्टि भएका प्रहरी जवानको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भइरहेको छ भने छ महिने बालिका आफ्नै आमासँग क्वारेन्टिनमा रहेकी जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक गौरीप्रसाद जैशीले जानकारी दिए ।

यस्तै सुर्नया र दशरथचन्द नगरपालिका–९ का कोरोना पुष्टि भएका पुरुष दुवै जना भारतबाट फर्केर घरमै बसिरहेका स्वास्थ्य कार्यालयका कोभीड–१९ सम्र्पक व्यक्ति जोशीले जानकारी दिए ।

प्रकाशित मिति : ७ भाद्र २०७७, आइतबार  ९ : २४ बजे

रोल्पा पहिरो : हराएकाको खोजी जारी

रोल्पा– जिल्लाको सुनछहरि गाँउपालिका वडा नं २ स्थित मङरारु गाउँमा

सानेपातिर देखाउँदै दुर्लभको आक्रोश : देउवाको नेतृत्वमा नगए तपाईंहरूको हालत के होला ?

काठमाडौं- नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले १५औँ महाधिवेशनमा शेरबहादुर

भारतमा हुने एसीसी प्रिमियर कपबारे सन्दिपले भने- विगतका गल्ती-कमजोरी सच्याएर अघि बढ्छौँ

काठमाडौं– मलेसियामा हुने एसीसी प्रिमियर कपको तयारीका लागि भारत जाने

कान्छाराम भन्छन् : चुनदेवीको कार्यालय खोजेँ, देउवा दाइको साइन बोर्ड पनि आफैंले राखेँ

काठमाडौं– नेपाली कांग्रेसको संस्थापन इतर समूहले काठमाडौंको चुनदेवीमा पार्टी कार्यालय

प्रधानमन्त्री बालेनलाई भेटेर वर्षमानले मागे रोल्पाका पहिरो पीडितलाई सहयोग

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमानपुन र प्रधानमन्त्री वालेन्द्र शाहबीच