विश्वभर ३ करोड १७ लाखभन्दा बढी मानिसलाई कोरोना भाइरसको संक्रमण « Khabarhub

विश्वभर ३ करोड १७ लाखभन्दा बढी मानिसलाई कोरोना भाइरसको संक्रमण


७ आश्विन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  विश्वभर ३ करोड १७ लाखभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण भएको छ ।

पछिल्लो २४ घण्टामा २ लाख ७२ हजार ७१७ जनामा संक्रमण पुष्टि भएसँगै विश्वभर कोरोना संक्रमितको संख्या ३ करोड १७ लाख ७१ हजार ४११ पुगेको छ ।

यस्तै एकै दिन थप ५ हजार ६०५ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणले विश्वभर मृत्यु हुनेको संख्या ९ लाख ७५ हजार ३१० पुगेको छ ।

एकै दिन २ लाख ७७ हजार ६०६ मानिस कोरोना संक्रमणमुक्त भएका छन् । तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका बुधबार बिहानसम्म कोरोनाबाट निको हुनेको संख्या २ करोड ३६ लाख ८६ हजार ७१४ पुगेको छ । निको हुनेको यो संख्या कुल संक्रमितको ७३ प्रतिशत बढी हो ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख १७ हजार ४४० जनाको मृत्यु भएको छ । ४५ लाख ३६ हजार १०० जना संक्रमित भएकोमा २४ लाख १३ हजार १८३ जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरूमा ३ लाख १ हजार १८६ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ८४ लाख ६५ हजार ४२५ पुगेको छ । त्यसमध्ये ५३ लाख १९ हजार १६८ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरूमा १ लाख ८० हजार ५५९ जनाको मृत्यु भएको छ । ९६ लाख ८३ हजार ७७ जना संक्रमित भएकोमा ८० लाख ५ हजार ५४६ जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरूमा २ लाख ४० हजार ८४२ जनाको मृत्यु भएको छ । ७६ लाख २७ हजार ७२३ जना संक्रमित भएकोमा ६४ लाख ४६ हजार ९४६ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरूमा ३४ हजार ३७८ जनाको ज्यान गएको छ भने १४ लाख २७ हजार ६२० संक्रमित छन् । संक्रमितमध्ये ११ लाख ७३ हजार ८०९ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरूमा ८९० जनाको मृत्यु भएको छ । ३० हजार ७४५ जना संक्रमित भएकोमा २७ हजार ४११ जना संक्रमणमुक्त भएका छन् ।

प्रकाशित मिति : ७ आश्विन २०७७, बुधबार  ६ : १० बजे

ओली र बालेनलाई चुनावमा पछार्ने हो : हर्क सम्पाङ

काठमाडौँ – श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले फागुन २१

दाङमा बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

घोराही (दाङ) – दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा

ख्वप अस्पतालमा सिटीस्क्यान सेवा सुरु

भक्तपुर- यहाँस्थित ख्वप अस्पतालमा आजदेखि सिटीस्क्यान सेवा सञ्चालनमा आएको छ।

सात हजार यात्रीलाई सुरक्षित तरिकाले जेब्राक्रसिङबाट बाटो काट्न सिकाइयो

काठमाडौं- ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा आज सात हजार ९८७ पैदलयात्रीलाई

हेटौँडामा सडक विस्तारको विरोध गर्दै कुलमानको पार्टी छोडिन्, हर्कको पार्टीबाट लिइन् टिकट

काठमाडौँ – हेटौँडा सडक विस्तारको विरोध गर्दै उज्यालो नेपाल पार्टी