राष्ट्रिय क्रिकेट टीमको अभ्यास सुरु गर्ने क्यानको निर्णय « Khabarhub

राष्ट्रिय क्रिकेट टीमको अभ्यास सुरु गर्ने क्यानको निर्णय


७ आश्विन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल क्रिकेट संघले डिसेम्बरमा राष्ट्रिय क्रिकेट टीमको अन्तर्राष्ट्रिय भ्रमणबारे अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)सँग समन्वय गर्ने भएको छ ।

मंगलबार बेलुका चितवनमा सम्पन्न क्यानको बोर्ड बैठकले उक्त निर्णय गरेको हो ।

नेपाली राष्ट्रिय क्रिकेट टीमले माघयता कुनै पनि अन्तर्राष्ट्रिय खेल खेलेको छैन् । अन्तर्राष्ट्रिय मात्रै होइन चैत ११ गते सरकारले लकडाउन घोषणापछि टीमको अभ्याससमेत हुन सकेको छैन् ।

तर, कोरोनाको जोखिम कम नभएपछि क्यानले व्यवस्थित तरिकाले अभ्यास सुरु गर्दै अन्तर्राष्ट्रिय सिरिजका लागि आईसीसीसँग समन्वय गर्ने निर्णय गरेको हो ।

क्यानले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘आईसीसीसँग समन्वय गर्दै आगामी डिसेम्बर २०२० मा मैत्रिपूर्ण अन्तर्राष्ट्रिय सिरिज संचालन गर्ने गरी आवश्यक तयारी अगाडि बढाइने छ ।’

आईसीसी विश्वकप लिग- २ अन्तर्गतको घरेलु सिरिजपछि अब क्रिकेट खेलाडीहरुले समूहमा अभ्यास गर्न सकेका छैनन् । तर, क्यानले अब राष्ट्रिय खेलकुद परिषद् (राखेप) मार्फत् अभ्यासका लागि स्वीकृती लिने पनि निर्णय गरेको छ ।

प्रकाशित मिति : ७ आश्विन २०७७, बुधबार  ९ : ३१ बजे

रौतहटमा ३७ जना फरार प्रतिवादी पक्राउ

रौतहट– रौतहट जिल्ला अदालतबाट विभिन्न मुद्दामा दोषी ठहर भई फरार

ऊर्जा संकटबाट मुक्त हुने आशामा बङ्गलादेश, रूपपुरबाट विद्युत्को ठूलो अपेक्षा

पाब्ना – नियमित विद्युत् कटौती र बढ्दो ऊर्जा मागको दबाब झेलिरहेको

मेस्सीको भावुक अन्तर्राष्ट्रिय बिदाइ

एजेन्सी– अर्जेन्टिनाका महान् फुटबल खेलाडी लियोनेल मेस्सीले मंगलबार राष्ट्रिय टोलीबाट

स्कुल बसको ठक्करबाट बालकको मृत्यु

दाङ– तुलसीपुर उपमहानगरपालिका –०७ गैरापातुस्थित स्कुल बसको ठक्करबाट एक बालकको

गगन थापाको नेतृत्व र एकताको महाधिवेशनले कांग्रेसलाई बलियो बनाउँछ : जीवनबहादुर शाही

नेपाली कांग्रेसको १५औँ महाधिवेशन काठमाडौँमा जारी छ। विशेष महाधिवेशनबाट निर्वाचित