सुदूरपश्चिममा ७७ हजारको कोरोना परीक्षण « Khabarhub

सुदूरपश्चिममा ७७ हजारको कोरोना परीक्षण


७ आश्विन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डडेल्धुरा- सुदूरपश्चिम प्रदेशमा झण्डै ७७ हजारको कोरोना परीक्षण गरिएको छ ।

प्रदेशका नौ वटै जिल्लाबाट सङ्कलन गरिएका ७६ हजार ६८८ जनाको स्वाब परीक्षण गरिएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।

धनगढी प्रयोगशालामार्फत ४१ हजार ८१६, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र प्रदेश बाहिरका अन्य प्रयोगशालामार्फत १६ हजार ३१८, डडेल्धुरा अस्पतालको प्रयोगशालामार्फत १६ हजार ६९९, जिल्ला अस्पताल डोटीको प्रयोगशालामार्फत तीनहजार ४७८ र बैतडी जिल्ला अस्पतालको प्रयोगशालामार्फत १९३ जनाको कोरोना परीक्षण भएको छ ।

निर्देशनालयका अनुसार अहिलेसम्म परीक्षणका लागि ८० हजार ९७ जनाको स्वाब सङ्कलन गरिएकामा एक हजार ४०९ जनाको परीक्षण रिर्पोट आउन बाँकी छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सुदूरपश्चिममा अहिलेसम्म परीक्षण गरी झण्डै नौ प्रतिशत अर्थात् छ हजार ९०० मा कोरोना पुष्टि भएको छ ।

सबैभन्दा बढी कैलालीमा दुई हजार ११०, डोटीमा एक हजार ५०, अछामका ९९४, कञ्चनपुरमा ७७५, बाजुरामा ६३०, बझाङमा ५१९, बैतडीमा ३८९, डडेल्धुरामा ३४८ र दार्चुलामा ८७ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

सङ्क्रमण पुष्टि भएका पाँच ७६७ बढीले कोरोना जितेका छन् भने १५ जनाको मृत्यु भएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालय डोटीका अनुसार कैलालीमा एक हजार ६८७, डोटीमा ९३४, अछाममा ९१२, कञ्चनपुरमा ७१२, बाजुरामा ४४२, बझाङमा ३८८, बैतडीमा ३२६, डडेल्धुरामा ३१६ र दार्चुलामा ४५ जना सङ्क्रमित डिस्चार्ज भएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सुदूरपश्चिममा सङ्क्रमितको सङ्ख्या ५ हजार ९०० नाघेको छ । उनीहरुमध्ये १५ जनाको मृत्यु भइसकेको छ ।

प्रकाशित मिति : ७ आश्विन २०७७, बुधबार  ११ : ०४ बजे

मोबाइलमै भएको डिजिटल राहदानी र भिसा मान्य हुने

काठमाडौं– अध्यागमन विभागले मोबाइल एपमा उपलब्ध डिजिटल राहदानी र भिसा

चिलिमे र माथिल्लो त्रिशूली-१ को सुरूङभित्र एकै दिन ९ शव भेटिए

रसुवा– रसुवाको चिलिमे जलविद्युत् केन्द्रको सुरुङमा खोजीका क्रममा विद्युत् गृह

भारतबाट थप १६० ग्यास बुलेट ल्याइँदै : डेराका विद्यार्थी, सुत्केरी र गर्भवतीलाई पहिलो प्राथमिकता

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले १६० वटा अतिरिक्त ग्यास

कांग्रेस महाधिवेशनमा करिब सात हजार प्रतिनिधि सहभागी हुने

काठमाडौं– नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सात हजार हाराहारीमा महाधिवेशन प्रतिनिधि

यी हुन् मन्त्रिपरिषद् बैठकका मुख्य छ निर्णय

काठमाडौं– सरकारले सरकारी निर्णय प्रक्रिया सरलीकरण तथा डिजिटल बनाउने सम्बन्धी