अतिक्रमित नेपाली भूमिबाट चिनियाँ पक्षलाई फिर्ता पठाउन राप्रपा अध्यक्ष थापाको माग « Khabarhub

अतिक्रमित नेपाली भूमिबाट चिनियाँ पक्षलाई फिर्ता पठाउन राप्रपा अध्यक्ष थापाको माग


७ आश्विन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राप्रपा अध्यक्ष कमल थापाले अतिक्रमित नेपाली भूमिबाट  चिनियाँ पक्षलाई फिर्ता पठाउन माग गरेका छन् ।

हुम्लाको नाम्खा गाउँपालिकास्थित नेपाली भूमिमा चीनले अतिक्रमण गरेर भवनहरू बनाएको समाचार सार्वजनिक भएपछि थापाले ट्वीट गर्दै तत्काल त्यसबारे सत्यतथ्य सार्वजनिक गर्न पनि सरकारसँग माग गरेका छन् ।

पूर्वपरराष्ट्रमन्त्रीसमेत रहेका थापाले ट्वीटमा लेखेका छन्, ‘हुम्ला जिल्ला, नाम्खा गाउँपालिकाको नेपाली भूमी चीनले अतिक्रमण गरेको, भवनहरू बनाएको समाचार आएको छ । यसवारे तत्काल सत्य तथ्य सार्वजनिक गर्न सरकारसँग माग गर्दछु । साथै, अतिक्रमित भूमीबाट चिनियाँ पक्षलाई फिर्ता पठाउन अविलम्ब पहल गर्नसमेत प्रमको ध्यान आकर्षित गर्दछु।’

आजै उनले अर्को ट्वीट मार्फत सरकारको काममा पार्टीले हस्तक्षप गर्न नहुने धारणासमेत सार्वजनिक गरेका छन् ।

प्रकाशित मिति : ७ आश्विन २०७७, बुधबार  १२ : ३३ बजे

कांग्रेसको विशेष महाधिवेशन : उम्मेदवारको मनोनयन दर्ता बुधबार बिहान हुने

काठमाडाैं – नेपाली कांग्रेस विशेष महाधिवेशनअन्तर्गत हुने केन्द्रीय कार्यसमितिको निर्वाचनका

फागुन २१ को निर्वाचन देशभर एकै चरणमा हुन्छ : गृहमन्त्री अर्याल

सप्तरी – गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी फागुन २१ गते हुने

अवैध अन्तरराष्ट्रिय कल बाइपासमा संलग्न सात चिनियाँ पक्राउ

काठमाडौं – अवैध अन्तरराष्ट्रिय कल बाइपासमा प्रयोग गरिएका उपकरणसहित सात

बुधबारदेखि राष्ट्रिय लिग फुटबल सुरु हुँदै

काठमाडौं – अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को आयोजनामा बुधबारदेखि काठमाडौंमा

विशेष महाधिवेशनबाट पार्टी झनै बलियो हुन्छ : महामन्त्री शर्मा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनबाट पार्टी