नेपाली भूमि अतिक्रमण गरेको भन्दै चिनियाँ दूतावास अगाडि युवाहरूको प्रदर्शन | Khabarhub Khabarhub

नेपाली भूमि अतिक्रमण गरेको भन्दै चिनियाँ दूतावास अगाडि युवाहरूको प्रदर्शन


७ आश्विन २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली भूमि अतिक्रमण गरेको भन्दै युवाहरूले काठमाडौँस्थित चिनियाँ दूतावास अगाडि प्रदर्शन गरेका छन् ।

‘सीमा अतिक्रमण बन्द गर’, ‘मिचिएको नेपाली भूमि फिर्ता गर’, ‘चिनियाँ साम्राज्यवाद मुर्दावाद’, ‘सीमा नाका खुला गर’ जस्ता नारा लेखिएका  प्ले कार्ड बोकेका उनीहरूले चीनविरूद्ध प्रदर्शन गरेका हुन् ।

दर्जनौँको संख्यामा युवाहरू प्रदर्शन गर्दै चिनियाँ दूतावासअघि पुगेपछि उनीहरूलाई सुरक्षाकर्मीले रोकेका थिए । दूतावास क्षेत्रमा बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

हुम्लाको नाम्खा गाउँपालिका ६ को लाप्चास्थित ललुङजम क्षेत्रमा नेपालीले समेत भोगचलन गर्दै आएको क्षेत्रमा चीनले भवनहरू बनाएको समाचार सार्वजनिक भएका छन् ।

नेपाली भूमि अतिक्रमण भएको खबर सार्वजनिक भएलगत्तै हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीको नेतृत्वको टोलीले स्थलगत अवलोकन पनि गरेको थियो ।

तर, चीनले भने नेपाली भूमि अतिक्रमण नगरेको बताइसकेको छ । नेपालस्थित चिनियाँ दूतावासले विज्ञप्ति जारी गर्दै उक्त भवनहरू बनाइएको क्षेत्र चीनकै भएको र नेपाली भूमि अतिक्रमण नभएको दाबी गरेको छ ।

प्रकाशित मिति : ७ आश्विन २०७७, बुधबार  १२ : ५९ बजे

हुम्लाको बडखोलामा पुल नहुँदा सर्वसाधारणलाई सास्ती

हुम्ला– हुम्लाको सर्केगाड गाउँपालिका–१ भएर बग्ने तुम्च बडखोलामा पुल नहुँदा

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको संस्थापक शेयर बिक्रीमा

काठमाडौं – नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले संस्थापक शेयरधनीका नाममा

म्युचुलअ फण्डलाई बिक्री गरेको क्रेस्ट लाइफको लकइन असोजमा सकिने

काठमाडौं – क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले म्युचुअल फण्डलाई बिक्री

बादी समुदायको पुर्ख्यौली पेसा सङ्कटमा

कैलाली– बल्चौरका तीर्थ बादीलाई मादल बनाउने चटारो छ । सखारै

हाथवे इन्भेष्टमेन्टले १२ प्रतिशत बोनस दिने

काठमाडौं – हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले गत आर्थिक वर्ष २०८१/८२