पुष्प र दीपिकालाई लिएर दीपकले ‘कृष्ण लीला’ बनाउने « Khabarhub

पुष्प र दीपिकालाई लिएर दीपकले ‘कृष्ण लीला’ बनाउने


७ आश्विन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कलाकार पुष्प खड्का र दीपिका प्रसाईंको शीर्ष भूमिकामा फिल्म ‘कृष्ण लीला’ निर्माण हुने भएको छ । फिल्मलाई दीपक ओलीले निर्देशन गर्ने भएका छन् ।

लकडाउनपछिको नेपाली फिल्म क्षेत्र अझै पनि सुनसान छ । यद्यपि पछिल्लो समय फिल्म निर्माण गर्ने घोषणा भने भइरहेका छन् ।

म्युजिक भिडियोमा व्यस्त रहेका कलाकार पनि अहिले भटाभट फिल्म साइन गरिरहेका छन् । ‘कृष्ण लीला’ मा सञ्चारकर्मीसमेत रहेका लक्ष्मण सुवेदीको कथा, पटकथा तथा संवाद रहनेछ ।

निर्माण टिमका अनुसार यो फिल्म कमेडी कथामा आधारित हुनेछ । यसअघि दीपक ओलीले ‘पण्डित बाजेको लौरी’ नामक फिल्म निर्देशन गरेका थिए । यो फिल्म पनि हास्य चेतमा आधारित थियो ।

साथै फिल्ममा पुष्प र दीपिकासँगै रविन्द्र झा, बुद्धि तामाङ लगायतका कलाकारको अभिनय रहने जनाइएको छ । फिल्ममा पुष्प एक प्रेमीको भूमिकामा देखिनेछन् ।

रत्न श्रेष्ठले निर्माण गर्ने फिल्मलाई शिव ढकालले छायांकन गर्नेछन् । सम्भव भएसम्म यो फिल्म असोज १५ गतेदेखि फ्लोरमा जाने तयारी निर्माण टिमको छ ।

प्रकाशित मिति : ७ आश्विन २०७७, बुधबार  १ : ०७ बजे

आईपीएलमा दिल्ली क्यापिटल्सको विजयी सुरुवात : लखनउ ६ विकेटले पराजित

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ मा दिल्ली क्यापिटल्सले

एसईई परीक्षा सुरु (तस्बिरहरू)

काठमाडौँ– यस वर्षको एसईई आजदेखि सुरु भएको छ । परीक्षा

इन्डोनेसियामा ७.४ म्याग्निच्युडको भूकम्प

इन्डोनेसिया – इन्डोनेसियामा शक्तिशाली भूकम्प गएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका

बालाजुको बाइसधारा मेला (तस्बिरहरू)

काठमाडौँ– चैत शूक्ल पूर्णिमा दिन आज ऐतिहासिक महत्व बोकेको काठमाडौँको

सिर्जनाको शरीरमा कसले लगायो आगो ? प्रहरीले अझै फेला पारेन सुराग

काठमाडौँ- चैत १४ गते शनिबार राति करिब १२ बजेतिर नेपालगञ्ज–१२