नेपालमा कोरोना भाइरसको संक्रमणले थप ५ को मृत्यु « Khabarhub

नेपालमा कोरोना भाइरसको संक्रमणले थप ५ को मृत्यु


७ आश्विन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  नेपालमा कोरोना संक्रमणको संक्रमणले थप ५ जनाको मृत्यु भएको छ ।

ललितपुर र बाँकेमा २/२ तथा मोरङमा एक जना संक्रमितको मृत्यु भएको हो ।

मेघा अस्पतालमा उपचाररत ललितपुर महानगरपालिका-२४ धापाखेलका ८० वर्षीय पुरुषको मंगलबार साँझ मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ।

यस्तै ललितपुरकै अल्का अस्पतालमा उपचाररत पाटनका ७४ वर्षीय पुरुषको पनि मृत्यु भएको छ । उनको बुधबार बिहान २:१५ बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ ।

यसैगरी बाँकेको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचाररत बर्दियाका ६४ वर्षीय वृद्धको मृत्यु भएको छ ।

स्वास्थ्यमा समस्या देखिएपछि यही असोज ४ गते नेशनल मेडिकल कलेजमा भर्ना भएका ठाकुरबाबा नगरपालिका-७ का ६४ वर्षीय पुरूषको मंगलबार दिउँसो ४ बजे मृत्यु भएको हो ।

श्वासप्रश्वासमा समस्या देखिएका उनको निमोनिया बढ्दै गएपछि मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकश पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

भेरी अस्पताल बाँकेमा पनि कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ। बारबर्दिया नगरपालिका ३ स्थायी ठेगाना भएका ३९ बर्षका पुरुषको उपचारका क्रममा आज विहान साढे १० बजे मृत्यु भएको श्रेष्ठले जानकारी दिए ।

यस्तै झापाका कोरोना संक्रमित वृद्धको पनि उपचारका क्रममा मृत्यु भएको छ । भद्रपुर–१० घर भएका ८६ वर्षीय वृद्धको उपचारका क्रममा आज बिहान मृत्यु भएको हो ।

भदौ ३ गते उपचारका लागि मोरङको बूढीगंगा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालको आइसोलेनमा भर्ना गरिएका उनको आज बिहान ५:५० बजे मृत्यु भएको अस्पतालका प्रशासन प्रमुख सुधीरसिंह राठौरले जानकारी दिए ।

प्रकाशित मिति : ७ आश्विन २०७७, बुधबार  १ : १४ बजे

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा

बरियारपट्टी छोटी भन्सार स्तरोन्नतिको माग गर्दै अर्थमन्त्रीलाई ज्ञापनपत्र

सिरहा– सिरहाको बरियारपट्टी गाउँपालिका–३ मा रहेको छोटी भन्सार कार्यालय बन्द