२५ हजार सक्रिय संक्रमित पुगे फेरि एक महिना ‘लकडाउन’ गर्न सिफारिस « Khabarhub

२५ हजार सक्रिय संक्रमित पुगे फेरि एक महिना ‘लकडाउन’ गर्न सिफारिस


७ आश्विन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले फेरि लकडाउन गर्न सिफारिस गरेको छ । कोरोना संक्रमण दर तीव्र गतिमा बढेको निचोडसहित मन्त्रालयले सबै सार्वजनिक सेवा र व्यवसाय बन्द गर्न सिफारिस गरेको हो ।

स्वास्थ्य मन्त्रालयअन्तर्गतको इन्सिडेन्ट कमाण्ड सिस्टमको बुधबार बिहान बसेको बैठकले फेरि एक महिना सबै सार्वजनिक सेवा र व्यवसाय बन्द गर्न सिफारिस गरिएको प्रवक्ता प्राध्यापक डाक्टर जागेश्‍वर गौतमले बताएका छन्।

‘कोरोना संक्रमण दर तीव्र सबै सेवा र व्यवसाय एक महिना नखोल्ने गरी मन्त्रालय अन्तर्गत इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले सिफारिस गरेको छ’, गौतमले भने, ‘अवस्था जटिल बन्दै गएकाले यस्तो सिफारिस गरिएको हो।’

गौतमका अनुसार अहिले कोरोनाका १७ हजार सक्रिय संक्रमित छन्। यदि सक्रिय संक्रमितको संख्या २५ हजार पुगेको खण्डमा लकडाउन गर्नुपर्ने सिफारिस पनि मन्त्रालयले सरकारलाई गरेको छ।

‘अहिले १७ हजार सक्रिय संक्रमित छन्। कुनै दिन २५ हजार सक्रिय संक्रमित भएमा फेरि बन्दा बन्दी गर्ने गरी सिफारिस भएको छ’, उनले भने, ‘अन्तर्राष्ट्रिय नाकाहरुमा हेल्थ डेस्क स्थापनाका लागि दरबन्दी पुनरवालोकन गर्ने पनि निर्णय भएको छ।’

प्रकाशित मिति : ७ आश्विन २०७७, बुधबार  ५ : १५ बजे

प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता

न्यूयोर्क – प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो

प्रधानमन्त्री शाहले राष्ट्रसंघीय महासभालाई अहिले सम्बोधन गर्दै, प्रत्यक्ष प्रसारण कसरी हेर्ने ?

न्यूयोर्क- संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री वालेन्द्र शाहले सम्बोधन गर्दैछन्

ट्रम्प र सी जिनपिङको वार्तामा हुनेछ व्यापार र एआईबारे निर्णायक छलफल

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार चिनियाँ राष्ट्रपति सी

ह्वाइट हाउसमा सी, ट्रम्पले भने : आजको हाम्रो निर्णयले दशकौँसम्म शान्ति प्रवर्द्धन गर्न सक्छ

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी

१० हजार मिटर दौडमा सन्तोषी ११औँ स्थानमा

काठमाडौं ।  सन्तोषी श्रेष्ठले एसियाली खेलकुदको महिला १० हजार मिटर