बेलायतमा पहिले जस्तो कडा लकडाउन नहुने, विद्यालय तथा विश्वविद्यालयहरु खुल्ने « Khabarhub

बेलायतमा पहिले जस्तो कडा लकडाउन नहुने, विद्यालय तथा विश्वविद्यालयहरु खुल्ने


७ आश्विन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लण्डन – बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले बेलायतमा कोभिड १९ को संक्रमणको अवस्था थप जटिल बन्दै गएको बताएका छन् ।

उनले यसअघि नै चिन्ताजनक अवस्था बढ्दै गएकाले यहाँ थप प्रतिबन्धहरु लगाइने बताएको र सोही बमोजिम मंगलबार यहाँ नयाँ प्रतिबन्धहरुको घोषणा गरिएको छ ।

तर ती प्रतिबन्धहरु भने त्यति कडा छैनन् । यसअघिको भन्दा खुकुलो गरी हालका लागि प्रतिबन्धको घोषणा गरिएको छ । प्रधानमन्त्री जोन्सनले थप प्रतिबन्धात्मक व्यवस्थाहरु घोषणा गर्ने अपेक्षा गरिएकोमा ती प्रतिबन्धहरु त्यति कडा नरहेका बताइएको हो ।

उनले देशका युवाको भविष्यलाई ध्यानमा राखेर विद्यालय, विश्वविद्यालयहरु खोल्न दिइने बताए । तर उनीहरुले पनि सुरक्षा सावधानीका कार्यहरु भने पूरा गर्नुपर्ने उनले बताए ।

त्यस्तै सावधानीहरु अपनाएर, व्यापार व्यवसाय, होटल रेष्टुरेन्टहरु पनि सीमित संख्याका व्यक्तिहरुलाई मात्र सेवा दिने गरेर केही खुकुलो गरिने र पहिलेको जस्तो कडा खालको लकडाउन नगरिने भएको हो ।

केही आदेशहरु त जारी गरिएका छन् तर ती आदेशहरु पहिलेको जस्तो कडा खालको नभएको बताइएको हो ।

बेलायतमा कोरोनाभाइरसबाट संक्रमितहरुको संख्याका आधारमा बेलायत अहिले १४ औँ अग्रपङक्तिमा पर्दछ । बेलायतमा अहिलेसम्म ३ लाख ९४ हजार २५७ जना संक्रमित भएका छन् भने तीमध्ये ४१ हजार ७७७ जनाको कोरोनाकै कारण मृत्यु भएको छ ।

यहाँ दोस्रो चरणमा कोभिडको संक्रमण प्रवेश गरेको बताइएको छ । यसै कारणले यहाँका वरिष्ठ चिकित्सा सल्लाहकारहरुले देशमा कोरोनाभाइरसका कारण नराम्रो अवस्था पनि आउन सक्ने चेतावनी दिएका थिए ।

महामारीको पछिल्लो अवस्था हेर्दा र थप उच्च व्यवस्थापन गर्न नसकिएमा नराम्रो अवस्था आउनसक्ने उनीहरुले सोमबार चेतावनी दिएका थिए । त्यसपछि प्रधानमन्त्रीले थप प्रतिबन्धहरु घोषणा गरेका हुन् ।

यहाँका चिकित्सकहरुले पनि यहाँ कोरोना महामारीको दोस्रो लहर आएको र त्यसले तल्लो तहसम्म र पहिलाभन्दा बढी असर पार्न सक्ने बताएका छन् । दोस्रो चरणको महामारीमा हरेक हप्ता दोब्बर मात्रामा संक्रमितहरुको संख्यामा बृद्धि हुदै गइरहेको छ । यो फैलावट यहाँ पहिलो चरणको भन्दा पनि तीव्र रुपमा भएको उनीहरुको भनाइ छ ।

प्रकाशित मिति : ७ आश्विन २०७७, बुधबार  ५ : ३८ बजे

एमालेले भन्यो : उपाध्यक्ष पौडेललाई गैरकानुनी, गैरन्यायिक र प्रतिशोधपूर्ण ढङ्गले पक्राउ गरियो

काठमाडौं– नेकपा एमालेले पार्टीका उपाध्यक्ष विष्णु पौडेललाई गैरकानुनी, गैर न्यायिक

बालेनलाई करोडौँको गाडी दिएका मालपानी र चुन्नप्रसादको बयानबाट समातिए विष्णु पौडेल !

काठमाडौं- नेकपा एमालेका उपाध्यक्ष एवम् पूर्वउप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल

रास्वपा महाधिवेशनमा ‘चिउरी’ को आकर्षण 

काठमाडौं– चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन स्थलमा

दिनभर चल्यो गृहमन्त्री ‘कुटिएको हल्ला’, अहिले आयो होटलका दुई मजदुरलाई थुनाएको खबर

चितवन : गृहमन्त्री सुधन गुरुङको सचिवालयमा उनका सहयोगी कमल सर्गम

यस्तो छ विष्णु पौडेलमाथिको आरोप, चुनावी प्रतिस्पर्धी चुन्नप्रसादले दिएका थिए ‘रकम लुकाएको’ बयान

काठमाडौं- नेकपा एमालेका उपाध्यक्ष एवम् पूर्वउप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई