कोरोना भाइरस: साफ युथ कम्पिटिसन स्थगित « Khabarhub

कोरोना भाइरस: साफ युथ कम्पिटिसन स्थगित


७ आश्विन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दक्षिण एसियाली फुटबल फेडेरेसन (साफ) ले यस वर्ष हुने तय भएको साफ युथ कम्पिटिसन स्थगित गरेको छ ।

बुधबार अखिल नेपाल फुटबल संघ (एन्फा) ले समाचार प्रकाशित गर्दै साफले युवा खेलाडीका लागि आयोजना हुने प्रतियोगिता स्थगित भएको जानकारी गराएको हो ।

एन्फाले साफ युथ कम्पिटिसन जुन महिनामा भएको साफको भर्जुअल मिटिङबाट प्रतियोगिता हाल स्थगित गर्ने निर्णय गरेको जनाएको छ । यो साफका सदस्य राष्ट्रका विभिन्न उमेर समूहका टीमहरुबीच हुने प्रतियोगिता हो ।

कोरोना भाइरसको जोखिम घटेको अवस्थामा यही वर्षको डिसेम्बरसम्म सम्भव भए आयोजना गर्ने तयारी साफले गरेको थियो ।

‘अहिलेको परिस्थितिलाई मध्यनजर गर्दै साफले सबै युथ प्रतियोगिताहरु स्थगित गर्ने निर्णय गरेको छ,’ साफले सदस्य राष्ट्रलाई लेखेको छ ।

यसअघि साफले साफ च्याम्पियनसिप २०२० पनि २०२१ सम्मका लागि स्थगित गरिसकेको छ ।

प्रकाशित मिति : ७ आश्विन २०७७, बुधबार  ६ : ३४ बजे

निर्वाचन क्षेत्रका आलोचक ठेगान लगाउन रास्वपा सांसद गुहारे साइबर ब्युरो, ‘भाग्यो’ भनेर भ्रम फैलाएको जिकिर

काठमाडौं- सामाजिक सञ्जालमार्फत पुराना दल र सरकारलाई प्रश्न तथा आलोचना

गगनलाई नेताहरूको सुझाव : पूर्वसभापति देउवासँग अन्तिम पटक संवाद गर्नुस्

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शेरबहादुर देउवालाई पार्टी प्रणालीभित्र

अख्तियारमा स्थानीय तहसँग सम्बन्धित उजुरी सबैभन्दा धेरै, संघतर्फ भूमि व्यवस्था र संघीय मामिलाका उच्च

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आर्थिक वर्ष २०८२/८३ मा सबैभन्दा

नौ लाख रुपैयाँ घुससहित समातिए नापीका टोली प्रमुख वली

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय डिल्लीबजारअन्तर्गत ३ नं.

सानेपा पुगेर चन्द्र भण्डारीले भने, ‘यो उमेरमा देउवालाई छोराछोरीले नस्याहारेर कसले स्याहार्छ ?’

काठमाडौं- नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले सानेपा पुगेर आफ्नै घर