कोरोनामुक्त हुने ७४ प्रतिशत : सात हजार क्वारेन्टिनमा | Khabarhub Khabarhub

कोरोनामुक्त हुने ७४ प्रतिशत : सात हजार क्वारेन्टिनमा


७ आश्विन २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा ७४६ पुरुष र ४२६ महिला गरी एक हजार १७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकामा ६३७ जनामा कोरोना संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा नौ हजार ४९७ जनामा नमूना परीक्षण गरिएको थियो ।

काठमाडौँमा सबैभन्दा बढी ४९२, भक्तपुरमा ९५ र ललितपुरमा ५० जनामा संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले जानकारी दिनुभयो । यस्तै रुपन्देहीमा ६७, सुर्खेतमा ४९, सुनसरीमा ३७, बाँकेमा ३०, गुल्मीमा २८, अछाम र कास्कीमा २२/२२, सर्लाहीमा २१, बर्दियामा १९, डोटीमा १७, मकवानपुरमा १६, कैलाली र धादिङमा १४/१४, पाल्पामा १३, सप्तरीमा १२, सिरहामा ११ तथा नवलपरासी(बर्दघाट सुस्तापूर्व) र काभ्रेपलाञ्चोकमा १० /१० जनामा संक्रमण पुष्टि भएको छ ।

यसैगरी झापामा नौ, कपिलवस्तु र तनहुँमा छ/छ, प्युठान, स्यांजा, नवलपरासी, लमजुङ र गोरखामा पाँचपाँच, बारामा चार, कञ्चनपुर र धनुषामा तीनतीन, दार्चुला, बैतडी, दाङ, बागलुङ, नुवाकोट, रौतहट र पाँचथरमा दुई/दुई तथा बझाङ, पर्वत, म्याग्दी, चितवन, महोत्तरी, संखुवासभा, ताप्लेजुङ, तेह्रथुम र उदयपुरमा एक/एक जनामा संक्रमित देखिएको छ ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ६७ हजार ८०४ पुगेको छ । संक्रमितमध्ये ४९ हजार ९५४ जना निको भइसकेका छन् । पछिल्लो २४ घण्टामा एक हजार ८९३ जना कोरोनामुक्त भएका छन् । कोरोनामुक्त हुनेको प्रतिशत ७३.७ छ । आजसम्म नौ लाख ४४ हजार ४७४ जनामा नमूना पिसिआर विधिबाट परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

संक्रमितमध्ये नौ हजार १८६ होम आइसोलेशन र आठ हजार २२८ जना संस्थागत आइसोलेशनमा छन् । सक्रिय संक्रमितमध्ये २२० जना आइसियु र ४३ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ । सात हजार १०४ जना क्वारेन्टिनमा छन् । मोरङ, सिरहा, काठमाडौँ, भक्तपुर, ललितपुर र चितवनमा ५०० भन्दा बढी सक्रिय संक्रमित तथा सोलुखुम्बु, रसुवा, मुस्ताङ, डोल्पा, मुगु र हुम्लामा कोरोनाका सक्रिय संक्रमित छैनन् ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण छ पुरुष र एक महिला गरी सात जनाको ज्यान गएको छ । झापाका ८६ वर्षीय, सिरहाका ५० वर्षीय, काठमाडौँका १६ वर्षीय, ललितपुरका ७४ वर्षीय, बर्दियाका ६४ र ३९ वर्षीय पुरुष तथा काठमाडौँका ६८ वर्षीय महिलाको कोरोना कारण ज्यान गएको हो । यससँगै नेपालमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या ४३६ पुगेको छ ।

हालसम्म विश्वभर तीन करोड १८ लाख १६ हजार ६५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोनाबाट नौ लाख ७६ हजार २१ जनाले ज्यान गुमाएको तथा दुई करोड ३४ लाख २० हजार ७४६ जना निको भएका छन् ।

प्रकाशित मिति : ७ आश्विन २०७७, बुधबार  ७ : ३१ बजे

इंग्ल्याण्ड ‘सी’विरुद्ध नेपालले आज मैत्रीपूर्ण फुटबल खेल्दै

काठमाडौं– नेपाल र इंग्ल्याण्ड ‘सी’ बीचको मैत्रीपूर्ण फुटबल खेल आज

संरक्षण थालिएको ताल नै सुकेपछि…

बागलुङ– बागलुङको काठेखोला गाउँपालिका–४ तङ्ग्रामस्थित खोरताल पाँच वर्ष अगाडिसम्म पानीले

खडेरीले सुक्न थाले मकैका बोट

झापा– झापामा लामो खडेरीले खेतमै बाली सुक्न थालेपछि झापाका किसान

आईपीएल : आज मुम्बई र सनराइजर्स भिड्दै

काठमाडौं– इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज मुम्बई इण्डियन्स र

युवतीलाई गोंगबुको होटलमा बोलाएर कुटपिट, मध्यरातमा मृत्यु

काठमाडौं- गोंगबुको मित्रनगरमा रहेको स्टार जोन होटलमा शुक्रबार राति एक