कोरोनामुक्त हुने ७४ प्रतिशत : सात हजार क्वारेन्टिनमा « Khabarhub

कोरोनामुक्त हुने ७४ प्रतिशत : सात हजार क्वारेन्टिनमा


७ आश्विन २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा ७४६ पुरुष र ४२६ महिला गरी एक हजार १७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकामा ६३७ जनामा कोरोना संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा नौ हजार ४९७ जनामा नमूना परीक्षण गरिएको थियो ।

काठमाडौँमा सबैभन्दा बढी ४९२, भक्तपुरमा ९५ र ललितपुरमा ५० जनामा संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले जानकारी दिनुभयो । यस्तै रुपन्देहीमा ६७, सुर्खेतमा ४९, सुनसरीमा ३७, बाँकेमा ३०, गुल्मीमा २८, अछाम र कास्कीमा २२/२२, सर्लाहीमा २१, बर्दियामा १९, डोटीमा १७, मकवानपुरमा १६, कैलाली र धादिङमा १४/१४, पाल्पामा १३, सप्तरीमा १२, सिरहामा ११ तथा नवलपरासी(बर्दघाट सुस्तापूर्व) र काभ्रेपलाञ्चोकमा १० /१० जनामा संक्रमण पुष्टि भएको छ ।

यसैगरी झापामा नौ, कपिलवस्तु र तनहुँमा छ/छ, प्युठान, स्यांजा, नवलपरासी, लमजुङ र गोरखामा पाँचपाँच, बारामा चार, कञ्चनपुर र धनुषामा तीनतीन, दार्चुला, बैतडी, दाङ, बागलुङ, नुवाकोट, रौतहट र पाँचथरमा दुई/दुई तथा बझाङ, पर्वत, म्याग्दी, चितवन, महोत्तरी, संखुवासभा, ताप्लेजुङ, तेह्रथुम र उदयपुरमा एक/एक जनामा संक्रमित देखिएको छ ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ६७ हजार ८०४ पुगेको छ । संक्रमितमध्ये ४९ हजार ९५४ जना निको भइसकेका छन् । पछिल्लो २४ घण्टामा एक हजार ८९३ जना कोरोनामुक्त भएका छन् । कोरोनामुक्त हुनेको प्रतिशत ७३.७ छ । आजसम्म नौ लाख ४४ हजार ४७४ जनामा नमूना पिसिआर विधिबाट परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

संक्रमितमध्ये नौ हजार १८६ होम आइसोलेशन र आठ हजार २२८ जना संस्थागत आइसोलेशनमा छन् । सक्रिय संक्रमितमध्ये २२० जना आइसियु र ४३ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ । सात हजार १०४ जना क्वारेन्टिनमा छन् । मोरङ, सिरहा, काठमाडौँ, भक्तपुर, ललितपुर र चितवनमा ५०० भन्दा बढी सक्रिय संक्रमित तथा सोलुखुम्बु, रसुवा, मुस्ताङ, डोल्पा, मुगु र हुम्लामा कोरोनाका सक्रिय संक्रमित छैनन् ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण छ पुरुष र एक महिला गरी सात जनाको ज्यान गएको छ । झापाका ८६ वर्षीय, सिरहाका ५० वर्षीय, काठमाडौँका १६ वर्षीय, ललितपुरका ७४ वर्षीय, बर्दियाका ६४ र ३९ वर्षीय पुरुष तथा काठमाडौँका ६८ वर्षीय महिलाको कोरोना कारण ज्यान गएको हो । यससँगै नेपालमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या ४३६ पुगेको छ ।

हालसम्म विश्वभर तीन करोड १८ लाख १६ हजार ६५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोनाबाट नौ लाख ७६ हजार २१ जनाले ज्यान गुमाएको तथा दुई करोड ३४ लाख २० हजार ७४६ जना निको भएका छन् ।

प्रकाशित मिति : ७ आश्विन २०७७, बुधबार  ७ : ३१ बजे

दसैँका लागि कलंकीमा खसीबोका किनबेच सुरु, बजारमा चहलपहल

काठमाडौँ- बडादसैँ नजिकिएसँगै काठमाडौंको कलंकीमा खसी, बोका, भेडा, च्याङ्ग्रा तथा कुखुराको

महाअष्टमीमा मैतीदेवी मन्दिरमा भक्तजनको घुइँचो (तस्बिरहरू) 

काठमाडौँ- बडादसैँको आठौँ दिन महाअष्टमीका अवसरमा काठमाडौंको मैतीदेवी मन्दिरमा बिहानैदेखि दर्शनार्थीको

रुबियो भारत भ्रमणमा, ऊर्जा र व्यापार सहकार्य प्राथमिकतामा

वासिङ्टन– अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारत र उज्बेकिस्तानको भ्रमणका लागि

चितवन कारागारका कैदीबन्दीमा छैन दसैँको उत्साह

चितवन- विगतका वर्षमा खेलकुद, सांस्कृतिक कार्यक्रम, नाचगान र सामूहिक भोज गरेर

जलजला बाढीपहिरो प्रभावितलाई प्रवासीबाट साढे सात लाखभन्दा बढी सहयोग

म्याग्दी- पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित पर्वतको जलजला गाउँपालिकालाई अस्ट्रेलियामा रहेका