लेबनानका पूर्वप्रधानमन्त्री हरीरी फेरि प्रधानमन्त्रीमा निर्वाचित « Khabarhub

लेबनानका पूर्वप्रधानमन्त्री हरीरी फेरि प्रधानमन्त्रीमा निर्वाचित


७ कार्तिक २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- लेबनानका पूर्व प्रधानमन्त्री साद हरीरी फेरि प्रधानमन्त्रीमा निर्वाचित भएका छन् ।

उनी यसअघि दुई पटक प्रधानमन्त्री भइसकेका छन् । निवर्तमान प्रधानमन्त्री मुस्तफा अडिबले गत सेप्टेम्बरमा राजीनामा दिएकाले हरीरीले फेरि प्रधानमन्त्री बन्ने मौका पाएका हुन् ।

लेबनानको राष्ट्रपतिको कार्यालयले हरीरीलाई प्रधानमन्त्रीमा नियुक्त गरिएको र उनलाई मन्त्रीपरिषद् गठन गर्न आह्वान गरिएको जनाएको छ ।

संसदमा उनलाई प्रधानमन्त्री निर्वाचित गराउने बेलामा भएको मतदानमा ६५ जनाले हरीरीको पक्षमा मतदान गरेका थिए । ५३ जनाले मतदानमा भाग लिएका थिएनन् भने दुई जना अनुपस्थित रहेका थिए ।

यसअघि सन् २०१६ देखि हरीरीकै नेतृत्वमा सरकार बनेको थियो । त्यसपछि उनले सन् २०१९ को अक्टोबर १८ मा राजीनामा दिएका थिए ।

त्यसबेला सरकारका विरुद्धमा व्यापक आन्दोलन भएपछि उनले राजीनामा दिएका थिए । मुलुकलाई आर्थिक संकटमा पुर्‍याएको आरोपमा त्यसबेला उनको नेतृत्वको सरकारविरूद्ध प्रदर्शन भएको  थियो ।

गत जनवरी २०२० मा हसन डियबको नेतृत्वमा नयाँ सरकार बनेको थियो । तर, उनी धेरै समय टिक्न सकेनन् । गत अगस्टमा राजधानी बेरुतमा ठूलो बम विस्फोटनको घटना भएर दुई सयभन्दा बढीको मृत्यु र हजारौँ घाइते भएपछि उनले राजीनामा दिएका थिए ।

नवनिर्वाचित प्रधानमन्त्री हरीरी सन् २००९ देखि २०११ सम्म पहिलो पटक प्रधानमन्त्री भएर सरकारको नेतृत्व गरेका थिए । उनी देशका पूर्व प्रधानमन्त्री राफिक हरीरीको माइलो छोरा हुन् । पूर्वप्रधानमन्त्री राफिकको सन् २००५ मा हत्या भएको थियो ।

प्रकाशित मिति : ७ कार्तिक २०७७, शुक्रबार  ५ : ५५ बजे

बढ्दो प्रतिस्पर्धाबीच भारतबाट बाहिरियो सेभेन–इलेभेन

नयाँदिल्ली– भारतमा सञ्चालनमा रहेका सेभेन–इलेभेनका सबै कन्भिनियन्स स्टोर बन्द भएका

बाँकेमा एक वर्षमा ४१७ जनाले लिए सुरक्षित गर्भपतन सेवा

नेपालगञ्ज– बाँके जिल्लामा सुरक्षित गर्भपतन सेवा लिनेको सङ्ख्या अघिल्लो आर्थिक

कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्ता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका लागि गगनकुमार थापाले

दसैँमा देशभर लिङ्गे पिङ निर्माण गर्दै पर्यटन बोर्ड

काठमाडौं– नेपालीहरूको महान् पर्व बडादसैँको अवसरमा मौलिक संस्कृति, परम्परा र

रजनीकान्त फेरि ‘टाइगर’ अवतारमा, ‘जेलर-२’ को ट्रेलर सार्वजनिक

काठमाडौं- दक्षिण भारतीय सुपरस्टार रजनीकान्त फेरि एकपटक आफ्नो चर्चित पात्र