युरोपा लिगमा आर्सनलको विजयी सुरूवात « Khabarhub

युरोपा लिगमा आर्सनलको विजयी सुरूवात


७ कार्तिक २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- युरोपा लिग फुटबलमा इंग्लिस क्लब आर्सनलले विजयी सुरुवात गरेको छ ।

समूह चरणको पहिलो खेलमा बिहीबार राति अष्ट्रियन क्लब रापिड विएनलाई २-१ ले पराजित गर्दै आर्सनलले सुखद सुरुवात गरेको हो ।

रापिडको मैदानमा एक गोलले पछि परेको स्थिति उल्टाएर आर्सनलले जित निकालेको हो ।

खेलको ५१औं मिनेटमा ट्याक्सीअरचिस फोन्टसले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए ।

तर, ७०औं मिनेटमा डेभिड लुइजले गोल गर्दै आर्सनललाई १-१ गोलको बराबरीमा फर्काए । त्यसपछि खेलको ७४औं मिनेटमा पिएरे एम्रिक औबामियाङले गोल गर्दै आर्सनललाई २-१ को जित दिलाए ।

जितसँगै समूह ‘बी’ को आर्सनलले महत्वपूर्ण ३ अंक जोडेको छ । रापिडले भने हारबाट सिजनको सुरुवात गरेको छ ।

प्रकाशित मिति : ७ कार्तिक २०७७, शुक्रबार  ६ : ०५ बजे

सुनचाँदीको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुन तोलामा

कोरला नाकाबाट ५४३ टन फलफूल आयात

मुस्ताङ– चीनबाट एघार दिनको अवधिमा पाँच सय ४३ टन फलफूल

एन्फा नेतृत्वविरुद्ध ९३ लाखको भ्रष्टाचार र खेल मिलेमतो मुद्दा दायर

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) का वर्तमान नेतृत्वविरुद्ध ९३

कांग्रेस महाधिवेशन : खुलामञ्चमा पनि मतदान जारी

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि काठमाडौंको खुलामञ्चस्थित

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

दाङ- राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मुटुसम्बन्धी रोगको परीक्षण तथा उपचारका लागि