मोरङ र चितवनमा थप तीन संक्रमितको मृत्यु | Khabarhub Khabarhub

मोरङ र चितवनमा थप तीन संक्रमितको मृत्यु


७ कार्तिक २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मोरङ र चितवनमा थप तीन संक्रमितको मृत्यु भएको छ ।

मोरङको विराटनगरस्थित नोबेल मेडिकल कलेजमा दुई जना र चितवनमा थप एक संक्रमितको मृत्यु भएको हो ।

नोबेल मेडिकल कलेज विराटनगरका ब्यवस्थापक नारायण दाहालका अनुसार शुक्रबार बिहान ३ बजे बेलबारी नगरपालिका– ११ का ४२ वर्षीय पुरुषको मृत्यु भएको हो । मृतकमा फोक्सो र मृगौला सम्बन्धी समस्या थियो ।

ती पुरूषमा कात्तिक ५ गते बिहान कोरोना संक्रमण पुष्टि भएको थियो ।

यस्तै आजै बिहान ४ बजे धरान उपमहानगरपालिका– ८ की ५९ वर्षीय कोरोना संक्रमित महिलाको पनि मृत्यु भएको दाहालले जानकारी दिए ।

मृतक महिला असोज २९ गते कोरोना पुष्टि भएको थियो । श्वासप्रश्वास र मधुमेह रोगबाट ग्रसित महिलाको उपचारका क्रममा मृत्यु भएको दाहालले जानकारी दिए ।

यस्तै चितवनमा पनि थप एक संक्रमित पुरूषको मृत्यु भएको छ ।

घरमै आइसोलेसनमा बसेका भरतपुर महानगरपालिका–७ का ५७ वर्षीय पुरुषको बिहीबार बेलुकी १० बजे १५ मिनेटमा भरतपुर अस्पतालमा मृत्यु भएको हो ।

असोज २६ गते कोरोना संक्रमण पुष्टि भएका उनी होम आइसोलेसनमै रहँदा खोकी, ज्वरो र श्वासप्रश्वाससम्बन्धी समस्या देखिएपछि अस्पताल लगिएको थियो ।

अस्पताल पुर्‍याएर आइसीयूमा भर्ना गरिए लगत्तै उनको मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ ।

 

प्रकाशित मिति : ७ कार्तिक २०७७, शुक्रबार  १ : १८ बजे

बेलायत पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं – वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिन्छु भन्दै ३४ लाख

काठमाडौं महानगरद्वारा दाङ र गुल्मीका दुई पालिकालाई राहत प्रदान

काठमाडौं । काठमाडौँ महानगरपालिकाले अग्नि प्रभावित दाङ र गुल्मीका दुई

कर्णाली नदीमा किशोरीको शव फेला

बाजुरा- कर्णाली नदीमा शनिबार दिउँसो एक महिलाको शव फेला परेको

आजका समाचार : संसदीय दलको बैठकदेखि क्रिकेटमा नेपाल विजयीसम्म

आगामी बजेट राष्ट्रिय सूचकमा पछि परेका वर्ग र क्षेत्रमा केन्द्रित

बोर्नमाउथमाथि आर्सनल ३-० ले विजयी

काठमाडौं– इङ्लिश प्रिमियर लिग अन्तर्गत आर्सनलले बोर्नमाउथमाथि शानदार जित हासिल