मोरङ र चितवनमा थप तीन संक्रमितको मृत्यु « Khabarhub

मोरङ र चितवनमा थप तीन संक्रमितको मृत्यु


७ कार्तिक २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मोरङ र चितवनमा थप तीन संक्रमितको मृत्यु भएको छ ।

मोरङको विराटनगरस्थित नोबेल मेडिकल कलेजमा दुई जना र चितवनमा थप एक संक्रमितको मृत्यु भएको हो ।

नोबेल मेडिकल कलेज विराटनगरका ब्यवस्थापक नारायण दाहालका अनुसार शुक्रबार बिहान ३ बजे बेलबारी नगरपालिका– ११ का ४२ वर्षीय पुरुषको मृत्यु भएको हो । मृतकमा फोक्सो र मृगौला सम्बन्धी समस्या थियो ।

ती पुरूषमा कात्तिक ५ गते बिहान कोरोना संक्रमण पुष्टि भएको थियो ।

यस्तै आजै बिहान ४ बजे धरान उपमहानगरपालिका– ८ की ५९ वर्षीय कोरोना संक्रमित महिलाको पनि मृत्यु भएको दाहालले जानकारी दिए ।

मृतक महिला असोज २९ गते कोरोना पुष्टि भएको थियो । श्वासप्रश्वास र मधुमेह रोगबाट ग्रसित महिलाको उपचारका क्रममा मृत्यु भएको दाहालले जानकारी दिए ।

यस्तै चितवनमा पनि थप एक संक्रमित पुरूषको मृत्यु भएको छ ।

घरमै आइसोलेसनमा बसेका भरतपुर महानगरपालिका–७ का ५७ वर्षीय पुरुषको बिहीबार बेलुकी १० बजे १५ मिनेटमा भरतपुर अस्पतालमा मृत्यु भएको हो ।

असोज २६ गते कोरोना संक्रमण पुष्टि भएका उनी होम आइसोलेसनमै रहँदा खोकी, ज्वरो र श्वासप्रश्वाससम्बन्धी समस्या देखिएपछि अस्पताल लगिएको थियो ।

अस्पताल पुर्‍याएर आइसीयूमा भर्ना गरिए लगत्तै उनको मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ ।

 

प्रकाशित मिति : ७ कार्तिक २०७७, शुक्रबार  १ : १८ बजे

आज २०८३ साल भदौ ३१ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ ३१ गते बुधबार सन् २०२६

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी  १४ वर्षपछि  पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय दैलेखले  कर्तव्य ज्यान मुद्दामा फरार

ठमेलमा शान्ति भंग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ- काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं शान्ति

इन्धनको खरिद मूल्य बढ्यो, यथावतै राखियो खुद्रा मूल्य

काठमाडौँ । भारतीय आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको मूल्य पुनः बढेर

इन्द्रसरोवर दुर्घटनाका चारै मृतकको सनाखत

हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा आज भएको यात्रुवाहक विद्युतीय