नागरिकको उपचारको दायित्वबाट सरकार भाग्दैन : प्रधानमन्त्री | Khabarhub Khabarhub

नागरिकको उपचारको दायित्वबाट सरकार भाग्दैन : प्रधानमन्त्री


७ कार्तिक २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसबाट संक्रमित हुने सबै नागरिकको परीक्षण र उपचारको दायित्वबाट सरकार विमुख नहुने बताएका छन्।

शुक्रबार देशबासीका नाममा सम्बोधन गर्दै ओलीले महामारीमा जनताको जीवन रक्षा नै सरकारको पहिलो दायित्व हुने बताए।प्रधानमन्त्री ओलीले महामारीमा विभिन्न अफवाह चल्ने गरेको भन्दै महामारीमा राज्यले सबै नागरिकको सहयोगको

अपेक्षा गरेको पनि बताएका छन्। उनले उपचारमा सबै नागरिकको समान उपचारमा पहुँच पुर्‍याउने गरी काम गरिएको पनि दावी गरेका छन्।

निजी अस्पतालमा नागरिकले आफैँले आफ्नो उपचार गराइरहेको भन्दै उनले यसले राज्यलाई सहयोग गनै गर्ने पनि बताए।

प्रधानमन्त्री ओलीले मान्यजनसँग टिका ग्रहण गर्दा सजग हुन आग्रह गरेका छन्। दसैंको मुखमा कोरोना संक्रमण अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको भन्दै उनले सजग भएर चाडपर्व मनाउन आग्रह गरे।

प्रकाशित मिति : ७ कार्तिक २०७७, शुक्रबार  ४ : ५५ बजे

सिद्धबाबा सुरुङमार्गको भौतिक प्रगति करिब ६० प्रतिशत

पाल्पा – राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सिद्धबाबा सुरुङमार्गको काम

हमासले युद्धविराम प्रस्ताव स्वीकारेपछि इजरायलद्वारा सबै बन्धकलाई रिहा गर्न माग

एजेन्सी – इजरायलका एक वरिष्ठ अधिकारीले हमासले युद्धविरामको नयाँ प्रस्ताव

आठ महिनामा जापानीज इन्सेफलाइटिस्‌बाट ६३ सङ्क्रमित, ११ जनाको मृत्यु

काठमाडौँ – जापानीज इन्सेफलाइटिस्‌बाट सन् २०२५ को हालसम्म ११ जनाको

काभ्रेको भुम्लुका दुई वडामा लालपूर्जा बाँड्न सुरु

काभ्रे –५० वर्षदेखि आफ्नो जग्गाको लालपूर्जाको प्रतिक्षामा रहेका काभ्रेको भुम्लु

एक वर्षमा मारिए ३८३ सहायताकर्मी, अन्तर्राष्ट्रिय उदासीनता ‘लज्जास्पद’

एजेन्सी – सन् २०२४ मा ३८३ जना सहायताकर्मीको मृत्यु भएको