तलेजु मन्दिरमा यसवर्ष बलिरहित पूजा « Khabarhub

तलेजु मन्दिरमा यसवर्ष बलिरहित पूजा


७ कार्तिक २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भक्तपुरको तलेजु मन्दिरमा आज बलिरहित पूजा सम्पन्न गरिएको छ ।

हरेक वर्ष बडादशैँको फूलपातीको दिन तलेजुमा ५४ बोका, ३२ राँगो र ३२ हाँस बलि दिने गरिए पनि यस वर्ष भने बलि नदिई पूजा गरिएको मूल नाइके नरेन्द्रप्रसाद जोशीले जानकारी दिए ।

तलेजुमा राजोपाध्याय, जोशी र कर्माचार्य पुजारीले नरिवल र हाँसको अण्डा चढाएर पूजा गरेको उनले जानकारी दिए ।

गुठी संस्थानका खर्चमा हुने वर्षौँदेखि चल्दै आएको बलि दिने परम्परा यस वर्ष कोरोना भाइरस सङ्क्रमणका कारण रोकिएको हो ।

तलेजुलाई मूल चोकको दशँैघरमा विराजमान गराउने वर्षौँदेखिको परम्परासमेत रोकिएको छ । यस वर्ष तलेजुलाई मूल घरबाट बडादशैँ घर नलगिएको मूल नाइके जोशीले जानकारी दिए ।

त्यसैगरी यस वर्ष कुमारीलाई क्वाठण्डौंस्थित कुमारीघरमै राखिएको छ । कुमारीलाई फूलपातीको दिनदेखि तलेजुमा राख्ने परम्परा भए पनि यस वर्ष भने ल्याइएको छैन ।

यस वर्ष कुमारी जीविका बज्राचार्यलाई क्वाठण्डौँमा नै राखेर पूजा गरिएको छ ।

प्रकाशित मिति : ७ कार्तिक २०७७, शुक्रबार  ६ : ०१ बजे

धानखेतीमा रोगको सङ्क्रमण देखिएपछि किसान चिन्तित

बाँके– बाँकेमा फल लाग्ने बेला धानखेतीमा रोगको सङ्क्रमण देखिएपछि किसान

कांग्रेस महाधिवेशन : यस्तो छ निर्वाचन कार्यतालिका

काठमाडौँ– नेपाली कांग्रेसको निर्वाचन समितिले १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय कार्यसमितिको

बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजनाको मृत्यु, एकजना गम्भीर घाइते

बागलुङ– बागलुङमा बाटो स्तरोन्नति गर्ने क्रममा माटोको ढिस्कोले पुरिएर दुईजना

मौसम खुलेपछि अन्नपूर्ण आधार शिविरमा पर्यटक भरिभराउ

कास्की– विश्वप्रसिद्ध अन्नपूर्ण आधार शिविर (एबीसी) पदयात्रामा जाने पर्यटकको सङ्ख्या

गगनले अघि सारे ‘राष्ट्रिय पुनर्जागरण र समुन्नतिको आगामी दशक’को दृष्टिकोण

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देश, लोकतन्त्र र कांग्रेसको