फ्रान्समा अहिलेसम्मकै सबैभन्दा धेरै ४१ हजार बढी कोरोना संक्रमित थपिए « Khabarhub

फ्रान्समा अहिलेसम्मकै सबैभन्दा धेरै ४१ हजार बढी कोरोना संक्रमित थपिए


७ कार्तिक २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- फ्रान्समा एकै दिनमा ४१ हजार जनाभन्दा बढी कोरोना संक्रमित थपिएको बताइएको छ ।

फ्रान्सको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार यहाँ गएको २४ घन्टा यता मात्र कम्तीमा पनि ४१ हजार ६२२ जनामा कोरोना संक्रमण देखिएको हो ।

आजको संख्या कोरोना संक्रमण सुरु भए यताको सबैभन्दा बढी भएको यहाँका स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् ।

अधिकारीहरुका अनुसार योसँगै फ्रान्समा करिब १० लाख संक्रमित पुगेका छन् । यहाँ गएको २४ घन्टामा १६५ जनाको निधन भएको छ ।

योसँगै फ्रान्समा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ३५ हजार २१० पुगेको छ । यहाँ गत साता मात्र १० हजार १६६ जना संक्रमित अस्पताल भर्ना भएका छन् । तीमध्ये १ हजार ६२७ जनालाई आइसियुमा भर्ना गरिएको छ । अधिकारीहरुले पछिल्लो समयमा फ्रान्समा कोरोना भाइरसको संक्रमण निकै द्रुत गतिमा बढ्दै गएको बताएका छन् ।

यसलाई यहाँका अधिकारीहरुले दोस्रो चरणको वेभ आएको हो कि भनेर पनि विश्लेषण गरिरहेका अधिकारीहरुले जानकारी दिएका छन् ।

प्रकाशित मिति : ७ कार्तिक २०७७, शुक्रबार  ८ : ४५ बजे

पुवाखोलामा बेलिब्रिज निर्माण

इलाम – इलाम सदमुकामदेखि झापाको व्यापारिक केन्द्र बिर्तामोड जोड्ने छोटो

हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

तेहरान – तेहरानले मध्यस्थकर्तामार्फत वासिङ्टनलाई रणनीतिक हर्मुज जलसन्धि पुनः खोल्नका

बादलले तयार पारेको प्रतिवेदन ग्रहण गर्ने एमाले सचिवालय बैठकको निर्णय

काठमाडौं- नेकपा एमाले सचिवालय बैठकले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ द्वारा

राष्ट्रसङ्घको महासभामा भोटेकोशी विपदबारे सम्बोधनको तयारी गर्न निर्देशन

काठमाडौं- सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संयुक्त राष्ट्रसङ्घको महासभामा भोटेकोशी