हरेक दिन रामको पूजा गर्ने रावण ! « Khabarhub

हरेक दिन रामको पूजा गर्ने रावण !


८ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- तपाईंहरुमध्ये सम्भवतः धेरैजसोले २०/२५ बर्ष पहिले टेलिभिजनमा रामायण हेर्नु भएको होला । त्यस समय भारतीय च्यानल मार्फत आउने रामानन्द सागरको रामायण निकै चर्चित थियो ।

त्यस समयका रामायण कलाकार अझै पनि निकै चर्चामा रहने गरेका छन् । रामायणलाई धार्मिक पुस्तकबाट टेलिभिजन पर्दामा पहिलो पटक ल्याएको भएरै उक्त टेलिभिजन शो निकै चर्चामा रहेको थियो ।

रामायणमा सबै कलाकारको उत्तिकै महत्वपुर्ण भूमिका रहेको छ । तथापी रामपछि रावणको भूमिका भने अहम् थियो ।

आफ्नो अजंगको शरीर, डरलाग्दो स्वरुप र ठूलो बोलीका कारण लंकापति रावण रामायणमा रुचाइएका कलाकार थिए । रामानन्द सागरको रामायणमा रावणको भूमिकामा अरविंद त्रिवेदीले गरेको अभिनय अझै दर्शकहरु सह्राना गर्दछन् ।

उनको रामविरुद्धको आक्रोशयुक्त अभिनय अत्यन्त जीवन्त देखिन्थ्यो । तर, धेरैलाई थाहा नहुन सक्छ, टेलिभिजन स्क्रीनका यी रावण असली जीवनमा भने भगवान् रामका भक्त थिए ।

अरविंद राम र शिवका भक्त हुन् । उनी शुटिङमा जानुअघि सदैव घरमा भगवान रामको पूजा गर्दथे । यतिमात्र होइन शूटिङमा रामबारे बोलेका नराम्रा शब्दका लागि उनी घर फर्केर प्रायश्चित गरी उपवास बस्दथे ।

अरविंद पहिले रामानंद सागरसंग रामायणमा माझी (डुगां खियाउने)को भूमिका माग्न आएका थिए । २५० भन्दाबढी फिल्ममा अभिनय गरिसकेका अरविंद गुजरातबाट मुम्बई रामायणको अडिसन दिन उनि डुगां खियाउनेको भूमिका माग्न पुगे । तर, अडिसनमा रामानंद सागरे उनको शारीरिक हाउभाउ हेरेर भनेका थिए, मैले मेरो रावण भेटे । जसले उनलाई टेलिभिजन इतिहासको सफल रावण बनायो ।- एजेन्सीको सहयोगमा ।

प्रकाशित मिति : ८ मंसिर २०७७, सोमबार  ५ : ४० बजे

अमेरिका–इरान द्वन्द्व : १४ सर्वसाधारणको मृत्यु, होर्मुज हुँदै आवतजावत गर्ने जहाज घटे

काठमाडौं – अमेरिका र इरानबीच सैन्य आक्रमणको शृङ्खला बिहीबार पनि

ठोरीमा भारतीय सवारीलाई अस्थायी पास, दुई कर्मचारी खटाइयो

काठमाडौं- पर्साको ठोरी नाकाबाट भारतीय सवारीसाधनलाई सरकारले ‘अस्थायी प्रवेश पास’ दिने व्यवस्था

रुसी ट्यांकरमा युक्रेनको आक्रमण तीव्र

काठमाडौं – युक्रेनले रुसद्वारा अधिग्रहित क्रिमिया वरपरका समुद्री आपूर्ति मार्गमा ड्रोन आक्रमण

काठमाडौं महानगरको अधिवेशन सम्पन्न

काठमाडौं– काठमाडौं महानगरपालिकाको १९औँ अधिवेशन एवं नगरसभा सम्पन्न भएको छ

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य 

काठमाडौं- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको