हरेक दिन रामको पूजा गर्ने रावण ! « Khabarhub

हरेक दिन रामको पूजा गर्ने रावण !


८ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- तपाईंहरुमध्ये सम्भवतः धेरैजसोले २०/२५ बर्ष पहिले टेलिभिजनमा रामायण हेर्नु भएको होला । त्यस समय भारतीय च्यानल मार्फत आउने रामानन्द सागरको रामायण निकै चर्चित थियो ।

त्यस समयका रामायण कलाकार अझै पनि निकै चर्चामा रहने गरेका छन् । रामायणलाई धार्मिक पुस्तकबाट टेलिभिजन पर्दामा पहिलो पटक ल्याएको भएरै उक्त टेलिभिजन शो निकै चर्चामा रहेको थियो ।

रामायणमा सबै कलाकारको उत्तिकै महत्वपुर्ण भूमिका रहेको छ । तथापी रामपछि रावणको भूमिका भने अहम् थियो ।

आफ्नो अजंगको शरीर, डरलाग्दो स्वरुप र ठूलो बोलीका कारण लंकापति रावण रामायणमा रुचाइएका कलाकार थिए । रामानन्द सागरको रामायणमा रावणको भूमिकामा अरविंद त्रिवेदीले गरेको अभिनय अझै दर्शकहरु सह्राना गर्दछन् ।

उनको रामविरुद्धको आक्रोशयुक्त अभिनय अत्यन्त जीवन्त देखिन्थ्यो । तर, धेरैलाई थाहा नहुन सक्छ, टेलिभिजन स्क्रीनका यी रावण असली जीवनमा भने भगवान् रामका भक्त थिए ।

अरविंद राम र शिवका भक्त हुन् । उनी शुटिङमा जानुअघि सदैव घरमा भगवान रामको पूजा गर्दथे । यतिमात्र होइन शूटिङमा रामबारे बोलेका नराम्रा शब्दका लागि उनी घर फर्केर प्रायश्चित गरी उपवास बस्दथे ।

अरविंद पहिले रामानंद सागरसंग रामायणमा माझी (डुगां खियाउने)को भूमिका माग्न आएका थिए । २५० भन्दाबढी फिल्ममा अभिनय गरिसकेका अरविंद गुजरातबाट मुम्बई रामायणको अडिसन दिन उनि डुगां खियाउनेको भूमिका माग्न पुगे । तर, अडिसनमा रामानंद सागरे उनको शारीरिक हाउभाउ हेरेर भनेका थिए, मैले मेरो रावण भेटे । जसले उनलाई टेलिभिजन इतिहासको सफल रावण बनायो ।- एजेन्सीको सहयोगमा ।

प्रकाशित मिति : ८ मंसिर २०७७, सोमबार  ५ : ४० बजे

मार्कोसविरुद्ध महाभियोग उजुरी दर्ता

एजेन्सी– फिलिपिन्सका नागरिक समाज समूहका सदस्यहरूले बिहीबार राष्ट्रपति फर्डिनान्ड मार्कोसविरुद्ध

‘रातो सारीमा सजिएकी म’

काठमाडौं – रातो सारी लगाएको तस्बिहरु सार्वजनिक गरेपछि नायिका सनिशा

गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता 

काठमाडौं– सरकारको प्रवक्ताको जिम्मेवारी गृहमन्त्री ओमप्रकाश अर्याललाई दिइएको छ ।

हिट फिल्म ‘ऊनको स्वीटर’ युट्युबमा

काठमाडौं – नायक विपीन कार्की र नायिका मिरुना मगर स्टारर

जाँचबुझ आयोगको म्याद २० दिन थपियो

काठमाडौं– सरकारले जेन-जी आन्दोलनका क्रममा भएको घटनाबारे अनुसन्धानका लागि गठन