६ दशकपछि तिब्बतका निर्वासित सरकार प्रमुख अमेरिकाको भ्रमणमा   | Khabarhub Khabarhub

६ दशकपछि तिब्बतका निर्वासित सरकार प्रमुख अमेरिकाको भ्रमणमा  


८ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- तिब्बतको निर्वासित सरकार प्रमुख डा. लोबसाङ साङ्गे अमेरिका पुगेका छन् ।

अमेरिका पुगेलगत्तै डा. साङ्गेले शुक्रबार ह्वाइट हाउसका तिब्बती मामिलाका नवनियूक्त समन्वयकर्ता रोबर्ट डेस्ट्रोसँग भेट गरेको टाइम्स अफ इण्डियाले जनाएको छ ।

तिब्बतको निर्वासित सरकार प्रमुखको अमेरिका भ्रमण ६ दशकमा यो पहिलो भएको जनाइएको छ ।

केन्द्रीय तिब्बती प्रशासन(सिटिए)का लागि यो एउटा ऐतिहासिक कदम भएको विज्ञहरू बताउँछन् ।

यसले सिटिएको प्रजान्त्रिक व्यवस्था र यसका राजनीतिक प्रमुखलाई मान्यता प्रदान गरेको उनीहरूको भनाइ छ।

‘हामी खुशी छौं किनकी दुई लोकतन्त्रले एकअर्कालाई मान्यता दिइरहेका छन्। सिटीए र यसका नेताको ह्वाइट हाउसमा स्वागत हुनु एउटा राम्रो सुरूवात हो,’ सिटिएका प्रवक्ताले भने।

यस घटनाले पहिलेदेखि नै तनावमा रहेको चीन-अमेरिकी सम्बन्धमा अझ तनाव बढाउने उल्लेख गरेको छ।

चीनले तिब्बतलाई आफ्नो महत्वपूर्ण भूभागका रूपमा हेर्दै आएको छ भने भारतसहितका पश्चिमा मुलुकले तिब्बतको स्वतन्त्रताका पक्षमा कुरा गर्दै आएका छन् ।

 

प्रकाशित मिति : ८ मंसिर २०७७, सोमबार  ८ : २५ बजे

काठमाडौंका यी स्थानमा चार घण्टा विद्युत बन्द

काठमाडौं– नेपाल विद्युत प्राधिकरणले काठमाडौंका विभिन्न ठाउँमा आज विद्युत सेवा

प्रविधिको दास बन्दैछ मान्छे

आजकल हरेक घर, परिवार र व्यक्तिमा हुने संवाद र सम्बन्ध

मौरीपालनका लागि अनुदान बढाउन माग

नवलपरासी– नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरका किसानले जिल्लामा मौरीपालनका निम्ति उपयुक्त वातावरण

साउदी प्रो लिग : अल नासरको जितमा रोनाल्डोको ह्याट्रिक

काठमाडौं– साउदी प्रो लिग फुटबलमा अल नासरले अल वेहडालाई फराकिलो

दोदा नदीमा डुबेर दुई जनाको मृत्यु

कञ्चनपुर– कञ्चनपुरको दोदा नदीमा नुहाउने क्रममा डुबेर दुईजनाको मृत्यु भएको