६ दशकपछि तिब्बतका निर्वासित सरकार प्रमुख अमेरिकाको भ्रमणमा   « Khabarhub

६ दशकपछि तिब्बतका निर्वासित सरकार प्रमुख अमेरिकाको भ्रमणमा  


८ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- तिब्बतको निर्वासित सरकार प्रमुख डा. लोबसाङ साङ्गे अमेरिका पुगेका छन् ।

अमेरिका पुगेलगत्तै डा. साङ्गेले शुक्रबार ह्वाइट हाउसका तिब्बती मामिलाका नवनियूक्त समन्वयकर्ता रोबर्ट डेस्ट्रोसँग भेट गरेको टाइम्स अफ इण्डियाले जनाएको छ ।

तिब्बतको निर्वासित सरकार प्रमुखको अमेरिका भ्रमण ६ दशकमा यो पहिलो भएको जनाइएको छ ।

केन्द्रीय तिब्बती प्रशासन(सिटिए)का लागि यो एउटा ऐतिहासिक कदम भएको विज्ञहरू बताउँछन् ।

यसले सिटिएको प्रजान्त्रिक व्यवस्था र यसका राजनीतिक प्रमुखलाई मान्यता प्रदान गरेको उनीहरूको भनाइ छ।

‘हामी खुशी छौं किनकी दुई लोकतन्त्रले एकअर्कालाई मान्यता दिइरहेका छन्। सिटीए र यसका नेताको ह्वाइट हाउसमा स्वागत हुनु एउटा राम्रो सुरूवात हो,’ सिटिएका प्रवक्ताले भने।

यस घटनाले पहिलेदेखि नै तनावमा रहेको चीन-अमेरिकी सम्बन्धमा अझ तनाव बढाउने उल्लेख गरेको छ।

चीनले तिब्बतलाई आफ्नो महत्वपूर्ण भूभागका रूपमा हेर्दै आएको छ भने भारतसहितका पश्चिमा मुलुकले तिब्बतको स्वतन्त्रताका पक्षमा कुरा गर्दै आएका छन् ।

 

प्रकाशित मिति : ८ मंसिर २०७७, सोमबार  ८ : २५ बजे

वडा दशैंको आगमनसँगै झिलिमिली बत्तीले सिँगारियो मैतीदेवी मन्दिर  (तस्बिरहरू)

काठमाडौं – वडा दशैंको आगमनसँगै काठमाडौंको मैतीदेवी मन्दिर झिलिमिली बत्तीले

विज्ञापन क्षेत्रलाई स्वचालित र सशक्त उद्योगका रूपमा विकास गर्न सरकार तयार छ : सञ्चारमन्त्री

ललितपुर – सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले विज्ञापन क्षेत्रलाई

भारतीय प्रधानमन्त्री मोदीलाई प्रधानमन्त्री शाह र सभापति लामिछानेको बधाई

काठमाडौं – सार्वजनिक जीवन यात्राको २५औँ वर्षगाँठ मनाइरहेका भारतीय प्रधानमन्त्री

प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब नाघ्यो

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप

भव्य रह्यो ‘मिस ग्ल्याम वर्ल्ड नेपाल २०२६’ को अडिसन

काठमाडौं – राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस ग्ल्याम वर्ल्ड नेपाल–२०२६’ को