म्याद गुज्रेका सामग्री पुनः लेबलिङ गरी बेच्ने दुई जनालाई विभागको कारबाही « Khabarhub

म्याद गुज्रेका सामग्री पुनः लेबलिङ गरी बेच्ने दुई जनालाई विभागको कारबाही


८ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले म्याद नाघेका खाद्य वस्तु पुनः लेबलिङ गरि बिक्री गर्ने दुई जनालाई कारबाही गरेको छ ।

आयन डिस्ट्रिव्युटर्सका राेकन बाेत्रा र विष्णुलक्ष्मी इन्टरप्रजाइजेजका शंकर बयलकोटीलाई कारबाही गरिएको विभागका निर्देशक एवं प्रवक्ता शिवराज सेढाईंले जानकारी दिए ।

यी दुई कम्पनीको कारबोरमा समेत रोक लगाइएको उनले बताए ।

म्याद नाघेका खाद्य वस्तु ट्यांक, स्निकर चकलेट,वरियो बिस्कुट, बनभिटा लगायतमा पुनः लेबलिङ गरि बिक्री वितरणमा संलग्न ८ जनामध्ये मुख्य काराोबारी दुई जनालाई तीन/तीन लाख रुपैयाँ जरिवाना सहित एक वर्ष जेल चलान गरिएको निर्देशक सेढाईंले बताए ।

उपभोक्ता संरक्षण ऐन अनुसार उनीहरुलाई कारबाही गरिएको हो ।

बरामद गरिएको २ करोड ९३ लाख ६४ हजार ७०१ रुपैयाँबराबरको म्याद समाप्त भएका उक्त वस्तुहरु नष्ट गरिएको विभागले जनाएको छ ।

प्रकाशित मिति : ८ मंसिर २०७७, सोमबार  ९ : ०७ बजे

दक्षिणकालीमा कार पल्टिँदा चालकको मृत्यु

काठमाडौं – काठमाडौं दक्षिणकाली नगरपालिका(८ चुत्राघारी पानीघाटस्थित सडकमा आज एउटा

जेनजी आन्दोलनका क्रममा फरार एक जना कैदी पक्राउ

बैतडी – गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार

शंकरको प्रेमको जीतमा अश्विनी र आर्यनको अभिनय

काठमाडौँ- गायक शंकर श्रेष्ठ, विषम आचार्य र गायिका अविज्ञा घिमिरेको

आइतबार पनि ओपीडी सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नयाँ कार्यविधि तयार नभएसम्म उपलब्ध

गृहमन्त्री गुरुङद्वारा निर्माणाधीन राजमार्गको स्थलगत अवलोकन

लुम्बिनी – गृहमन्त्री सुधन गुरुङले पूर्वपश्चिम राजमार्गअन्तर्गत निर्माणाधीन बुटवल(गैँडाकोट राजमार्गको