‘डिसेम्बर फल्स’मा आर्यन, नायिका तय हुन बाँकी « Khabarhub

‘डिसेम्बर फल्स’मा आर्यन, नायिका तय हुन बाँकी


८ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अभिनेता आर्यन सिग्देलले फिल्म ‘डिसेम्बर फल्स’मा अभिनय गर्ने भएका छन् । राजधानीमा आयोजित एक कार्यक्रममा फिल्म निर्माण सम्बन्धी जानकारी दिइयो ।

फिल्ममा आर्यन सिग्देल, सलोन बस्नेत, सुमन थापा, नागेन्द्र रिजाल, दयाराम दाहाल, नरेश भट्टराई लगायतका कलाकारको अभिनय रहनेछ । नायिका को रहने भन्ने अझै तय भएको छैन ।

रामप्रसाद रिजालको प्रस्तुतिमा फिल्म तयार हुनेछ भने फिल्मलाई भारतीय टेलिभिजन तथा फिल्म उद्योगमा कार्यरत प्रवीण झाले निर्देशन गर्नेछन् ।

रवि नायडुले फिल्म छायांकन गर्ने भएका छन् । बिपी खनालले लेखेको यो फिल्मलाई केदार भुसालले पटकथा र संवादमा ढालेका हुन् ।

निर्माण टिमले फिल्मको छायांकन माघ ४ गतेदेखि शुरु गरिने बतायो । फिल्मको प्रदर्शन भने आगामी वर्षको साउन १ गते गरिने जनाइएको छ ।

प्रकाशित मिति : ८ मंसिर २०७७, सोमबार  १ : ४५ बजे

बाढीबाट क्षति पुगेको बेनी खानेपानीको पाइपलाइन मर्मत गरिँदै

म्याग्दी– गत असोजको झरीपछिको बाढी पहिरोका कारण क्षतिग्रस्त म्याग्दीको सदरमुकाम

शिशुको हेरचाहमा सहयोग गर्न प्यारासुट एडभान्स्ड बेबी र एक एक पाइलाबीच पुन: सहकार्य

काठमाडौं– मारिकोले आफ्नो बेबी केयर ब्रान्ड प्यारासुट एडभान्स्ड बेबीमार्फत सामाजिक

विपद् सङ्कटग्रस्त बागलुङका पालिकालाई दुई करोड अनुदान

बागलुङ– बागलुङका विपद् सङ्कटग्रस्त स्थानीय तहलाई सङ्घीय सरकारले पहिलो चरणमा

सवारी दुर्घटनामा एक जनाको मृत्यु

हेटौँडा– भीमफेदी गाउँपालिका–८ इपादेउरालीमा आज बिहान बसको ठक्करबाट एक जना महिलाको

एनएमबि बैंक र भिजाबीच ‘भिजा डाइरेक्ट टू एकाउन्ट’ सेवाका लागि सम्झौता

काठमाडौं– एनएमबि बैंक लिमिटेडले भिजासँग ’भिजा डाइरेक्ट टू एकाउन्ट सेवाका लागि