अलपत्र मध्यपहाडी लोकमार्ग : निर्माण नसकिँदै भत्किन थाल्यो « Khabarhub

अलपत्र मध्यपहाडी लोकमार्ग : निर्माण नसकिँदै भत्किन थाल्यो



पोखरा– राष्ट्रिय गौरबको पुष्पलाल मध्यपहाडी लोकमार्ग निर्माणको कामले पूर्णता नपाउँदै भत्किन शुरु गरेको छ ।

आ.व. २०६४/६५बाट शुरु गरिएको बहुचर्चित लोकमार्गको अधिकांश ठाउँमा पुल निर्माण नहुँदा र कतिपय निर्माण कम्पनीको ढिलासुस्तीले आयोजनाको कामले गति लिन सकेको छैन ।

पाँचथर जिल्लाको पूर्वी भेगमा पर्ने चियोभञ्ज्याङबाट बैतडी जिल्लाको झुलाघाट जोड्ने पूर्वपश्चिम महेन्द्र राजमार्गको बैकल्पिक मानिएको मध्यपहाडी लोकमार्गका अधिकांश पुल निर्माण कार्य अलपत्र छ । बाग्गुङसहित अधिकांश जिल्लाका कामहरु पूरा हुन सकेका छैनन् ।

आयोजनाकाअनुसार पोखरा– बाग्लुङ हुँदै पश्चिममा मुसिकोट रुकुमकोट चौरजहारीदेखि बैतडीको झुलाघाटसम्म जोडिने यो लोकमार्गको अहिलेसम्म ६७ वटा पुल निर्माण भएको छ । यो आयोजनाअन्तर्गतका अरु ६२ वटा पुल निर्माण कार्य बाँकी नै छ ।

यो मार्ग पश्चिमको बाग्लुङ–बुर्तिवाङ, बुर्तिवाङ–मुसिकोट, मुसिकोट–रुकुमकोट–चौरजहारी, चौरजहारी–दैलेख, दैलेख–दुल्लु–लैनचौर, लैनचौर–सतला–सैजुला, सैजुला–बेलखेत–मंगलसेन, मंगलसेन–सिलगडी, सिलगडी–स्याउले, स्याउले–सतबाँझ र सतबाँझ हुँदै बैतडीको झुलाघाटसम्म जोडिनेछ ।

लोकमार्गले बाग्लुङपूर्व कास्की, लमजुङ, गोरखा, धादिङ, नुवाकोट तथा पूर्वका पाँचथर, तेह्रथुम, धनकुटा, भोजपुर, खोटाङ, ओखलढुंगा, उदयपुर, सिन्धुली, काभ्रे र सिन्धुपाल्चोकलाई पनि समेट्ने छ ।

वि.स. ०७६ सालसम्म निर्माण सम्पन्न गरिसक्नुपर्ने १ हजार ७ सय ६५ किलोमिटर लामो लोकमार्गको काम ठाउँ ठाउँमा अलपत्र छ । पछिल्लो समय कोरोना संक्रमणका कारण भएका लकडाउनले गर्दा कामअघि बढाउन नसकिएको निर्माण कम्पनीहरुले जनाएका छन् ।

१ सय ४१ किलोमिटर पर्ने बाग्लुङ खण्डमा अझै ४२ किलोमिटर सडक कालोपत्र गर्न बाँकी छ भने वर्षाको समयमा विभिन्न ठाउँमा पहिरो गएर सडक भत्किने क्रम पनि उस्तै छ ।

यो आयोजनाको कुल लम्बाइ १ हजार ८ सय ७९ किलोमिटरमध्ये आठ सय दुई किलोमिटर सडक सम्पन्न भएको छ । एक हजार किलोमिटर यसअघिकै पुराना सडकहरु भएर पनि समयमै पूरा हुन नसकेको यो आयोजनाले निर्माण सम्पन्न गर्नुपर्ने दुई वर्ष अवधि पार गरिसकेको छ ।

१२ वर्षअघि शुरु गर्दा ३३ अर्ब ३६ करोड लागत अनुमान रहेको यो आयोजनाको पाँच वर्ष अवधि थप गरी लागत बढाएर ८४ अर्ब ३३ करोड पुर्याइएको छ ।

प्रकाशित मिति : ८ मंसिर २०७७, सोमबार  ११ : ०९ बजे

रोड टु यूएफसी : सेमिफाइनलमा रविन्द्र न्यूजिल्याण्डका कासिबसँग भिड्ने

काठमाडौं – नेपालका युवा एमएमए स्टार रविन्द्र ढाँट अब ‘रोड

वैद्यज अर्गनाइजेसनले पायो अल्ट्राभोइलेटको आधिकारिक बिक्रेता

काठमाडौँ । नेपालको अग्रणी अटोमोबाइल घराना वैद्यज अर्गनाइजेसन नेपालका लागि

आर्थिक गणना : दश लाख बढी व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन

काठमाडौं – राष्ट्रिय तथ्याङ्क कार्यालयले दोस्रो चरणको आर्थिक गणनाअन्तर्गत करिब

राजदूत नियुक्तिका लागि पहिलोपटक आवेदन खुला, यस्ता छन् मापदण्ड

काठमाडौं । सरकारले पहिलोपटक राजदूत नियुक्तिका लागि खुला प्रतिस्पर्धामार्फत दरखास्त

तनहुँमा छोरी हत्या अभियोगमा आमा पक्राउ

तनहुँ – तनहुँको शुक्लागण्डकी नगरपालिका–३ सिद्धार्थ टोलमा ३१ दिनको छोरीलाई