भारतीय विदेश सचिव हर्षवर्द्धनले मंसिर ११ गतेबाट नेपालको दुई दिने भ्रमण गर्दै « Khabarhub

भारतीय विदेश सचिव हर्षवर्द्धनले मंसिर ११ गतेबाट नेपालको दुई दिने भ्रमण गर्दै


८ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृंगाले यही मंसिर (११ र १२ गते) अर्थात नोभेम्बर २६ र २७ तारिखबाट नेपालको दुई दिने भ्रमण गर्ने भएका छन् ।

गत पुसमा भारतको विदेश सचिव नियुक्त भएका श्रृंगलाले पहिलो पटक नेपालको भ्रमण गर्न लागेका हुन् ।

भ्रमणको क्रममा श्रृंगलाले प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र समकक्षी भरतराज पौडेलसंग भेट्ने कार्यक्रम समेत तय भएको जनाइएको छ ।

गत वर्ष भारतले कालापानी लगायतको क्षेत्र समेटेर नयाँ नक्सा जारी गरेयता दुई देशबीचको सम्बन्धमा चिसोपन रहँदै आएको छ । उनको भ्रमणले दुई देशको सम्बन्धमा थप सुधार हुने अपेक्षा गरिएको छ ।

पछिल्लो समय नेपाल–भारतबीच लिम्पियाधुरा, लिपुलेक, कालापानी सीमा समस्या हल गर्ने, विकास आयोजनामा भारतीय लगानी बढाउने लगायत विषयमा आन्तरिक छलफल भइरहेको छ ।

‘भारतले सीमा समस्या समाधान सँगसँगै पञ्चेश्वर परियोजनालाई अगाडि बढाउन ठोस सहमति गर्न खोजेको छ,’ परराष्ट्र मन्त्रालय स्रोतले भन्यो, ‘भारतले नेपाली जनताले देख्ने गरी ठूला परियोजनालाई समेत अगाडि बढाउन खोजेको देखिन्छ । विकास साझेदारी बढाउन चाहेको छ ।’

यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष दूतको रूपमा भारतिय गुप्तचर संस्था रअ प्रमुख सामन्त गोयलले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका थिए ।

गोयलको भ्रमणपछि भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणेले समेत नेपाल भ्रमण गरेका थिए ।

यस्तो छ ट्वीट

प्रकाशित मिति : ८ मंसिर २०७७, सोमबार  ५ : १६ बजे

विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम

चितवन– अण्डाको पोषण तथा स्वास्थ्यसम्बन्धी महत्वबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले

यूईएफए नेसन्स लिग : नर्वेमाथि पोचुगलको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा पोर्चुगलले नर्वेलाई हराएको छ । गएराति

सलमानजस्तै देखिने सुफयान को हुन् ? बलिउडमा बढ्यो चर्चा

बलिउडमा कलाकारका सन्तान चर्चामा आउनु सामान्यजस्तै हो। कसैले अभिनयमा डेब्यु

कांग्रेस महाधिवेशनमा आजदेखि बन्दसत्र सुरु हुँदै, विभिन्न प्रतिवेदन पेस गरिँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आजदेखि बन्दसत्र सुरु हुँदैछ

बाढी पहिरोले म्याग्दीका साढे पाँच सय घरपरिवार प्रभावित

म्याग्दी– यही असोज ८ देखि ११ गतेसम्मको निरन्तरको झरीपछिको बाढी