ओपोद्वारा फुल-पाथ कलर म्यानेजमेन्ट सिस्टम सार्वजनिक « Khabarhub

ओपोद्वारा फुल-पाथ कलर म्यानेजमेन्ट सिस्टम सार्वजनिक


८ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ओपोले फुल पाथ कलर म्यानेजमेन्ट सिस्टम आफ्नो सन् २०२१ मा सार्वजनिक हुने फ्ल्यागशिप स्मार्टफोन फाइन्ड एक्सथ्रीको अंगका रुपमा प्रिमियर गर्ने घोषणा गरेको छ।

कम्पनीका अनुसार फुल पाथ कलर म्यानेजमेन्ट सिस्टम, एण्ड्रोइड कलर म्यानेजमेन्ट सिस्टममा फुल डीसीआई पीथ्री वाइड ग्याम्यूट र क्याप्चर, स्टोरेज र डिस्प्लेमा १० बिट कलर डेप्थ सपोर्ट गर्ने पहिलो प्रणाली हो। यसमा निहित प्रमाणिक र सटिक कलर रिप्रडक्शन क्षमताका कारण यसले प्रयोगकर्तालाई अतुलनिय दृष्यानुभूति प्रदान गर्छ।

‘रंगले सिर्जनशिलताका लागि प्रेरित गर्नुका साथै यर्थाथप्रतिको हाम्रो दृष्टिकोणमै परिवर्तन ल्याउँछ । यही कुरालाई दृष्टिगत गर्दै हामीले कलर म्यानेजमेन्ट सिस्टमका हरेक पक्षलाई सुदृढ गर्दै दैनिकीमा उत्कृष्ट तथा उच्च गुणस्तरिय दृष्य पस्कने प्रयास गरेका छौँ,’ ओपोका उत्पादन व्यवस्थापक पाईले भने।

भाविष्यमा ‘वाइड कलर गामुट’ र उच्च कलर डेप्थको ट्रेण्ड नियाल्दै ओपोको आर एण्ड डी समूहले कलर रिप्रडक्शनका लागि आफ्ना सम्बन्धित प्रणाली र हार्डवेयरका क्षेत्रमा उल्लेख्य सुधार प्रस्तुत गरेको छ।

सार्वजनिक नयाँ प्रणालीले छवि अधिग्रहण, गणना, एन्कोडिङ, सञ्चय, डिकोडिङ र अन्ततः१० बिट कलर डेप्थ र पीथ्री वाइड कलर गामुट सहित एचईआईएफ ईमेज सपोर्ट गर्ने गरी दृष्य सम्प्रेषण गर्छ।

व्यवस्थापन प्रणालीका रुपमा फुल पाथ कलर म्यानेजमेन्ट प्रणालीले उच्च कोटीको अल्गोरिथम र हार्डवेयर मार्फत दृष्य खिच्दादेखि नै रंग रेकर्ड गर्छ।

ओपोको आर एण्ड डी ईञ्जिनियरिङले विकृति सुधार, मल्टिफ्रेम न्वाइज रिडक्सन र पर्सेप्चुअल एक्स्ट्रिम सुपर रिजोल्यूशन लगायत क्षेत्रका अल्गोरिथममा ब्यापक विकास प्रस्तुत गरेको छ।

साथै, ओपोले डिजिटल ओभरल्याप (डीओएल) एचडीआर पनि सपोर्ट गर्ने क्षमता राख्छ। डीओएल एचडीआर प्रविधिले प्रेशित हुने छविमा एक्स्पोजरका विभिन्न अवस्थाको संश्लेषण गर्छ। यसले गर्दा अत्यधिक प्रकाश भएका स्थान लिइएका तस्विरमा समेत आकर्षक रंगहरु कैद हुन्छन्।

आफ्नो प्रमाणिक, सटिक र व्यक्तिगत कलर म्यानेजमेन्ट मार्फट ओपोले आफ्ना प्रयोगकर्तालाई सहज रुपमा विश्वको अनुभव गर्दै जीवनका पलहरु अझ रंगिन रुपमा कैद गर्न सघाउने उद्देश्य राखेको बताएको छ।

प्रकाशित मिति : ८ मंसिर २०७७, सोमबार  ७ : ३८ बजे

ओ‌ली र लेखकलाई थुन्न हतार गरेका बालेन-सुधन सुनसरी घटनाबारे किन बोल्दैनन् ?

काठमाडौं- २०७९ को चुनावपछिको अवस्थामा वर्तमान प्रधानमन्त्री वालेन्द्र शाह सामाजिक

सङ्घीयता लोकतान्त्रिक गणतन्त्रलाई सबल बनाउने आधार हो : सभामुख यादव

जनकपुरधाम– मधेस प्रदेशका सभामुख रामअशिष यादवले सङ्घीयता केवल विकास वा

सञ्चारमन्त्रीसँग एनआरएनए प्रतिनिधिको भेट : नेपालमा थप पुँजी र प्रविधि भित्र्याउने विषयमा छलफल

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले गैरआवासीय नेपाली (एनआरएन)

लुम्बिनीमा गत आवमा सवारी दुर्घटनाबाट ५८५ को मृत्यु

बुटवल– गत आर्थिक वर्ष २०८२/८३ मा लुम्बिनी प्रदेशका १२ जिल्लामा