कांग्रेस तत्काल ‘सत्ता साझेदार’ बन्दैन : नेता महत « Khabarhub

कांग्रेस तत्काल ‘सत्ता साझेदार’ बन्दैन : नेता महत


८ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कपिलवस्तु–  नेपाली कांग्रेस सहमहामन्त्री प्रकाशशरण महतले कांग्रेस अहिले सत्ता साझेदार बनेर सरकारमा नजाने बताएका छन् ।

कपिलवस्तुको तौलिहवामा सोमबार आयोजित कार्यक्रममा बोल्दै उनले प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाको भेट सामान्य रहेको भन्दै सत्ता साझेदारीका लागि भएको भन्ने कुरा गलत भएको बताएका हुन ।

‘कांग्रेसलाई जनताले प्रतिपक्षमा बस्न मत दिएका छन्,’ उनले भने, ‘त्यसको हामी सम्मान गर्छौं ।’

भ्रष्टचारलाई प्रश्रय दिएको सरकारले अहिले विदेशी हस्तक्षेप बढाएर राष्ट्रियताको खोक्रो नारा दिइरहेको समेत उनले आरोप लगाए ।

नेकपाको दुई तिहाईको सरकारले जनतालाई अभाव, समस्या र पीडा मात्र दिएको भन्दै अब आउने निर्वाचन कांग्रेसले अवसरको रुपमा लिएर पूरै सदुपयोग गर्ने बताए ।

प्रकाशित मिति : ८ मंसिर २०७७, सोमबार  ७ : ५५ बजे

छिमेकमा ब्रिक्स सम्मेलन : नेपाल न टेबलमा, न मेनुमा ?

काठमाडौं- नयाँ दिल्लीमा शनिबार र आइतबार दुई दिनसम्म चलेको १८औँ

विश्व अर्थतन्त्र सुधार्न दिल्लीमा शक्तिराष्ट्रको कसरत, नेपाल बेखबर

भारतको राजधानी नयाँ दिल्लीमा विश्व अर्थतन्त्र र बदलिँदो भू–राजनीतिक शक्तिसन्तुलनसँग

रसुवा बाढीले क्षतिग्रस्त महादेव फाँट-छबिसे सडक निर्माण तीव्र (तस्बिरहरू)

धादिङ– रसुवामा आएको बाढीका कारण त्रिशूली नदीले सडक कटान गरेपछि

तेह्रौँ बेइजिङ स्याङसङ फोरममा सहभागी हुन प्रधानसेनापति चीन प्रस्थान

काठमाडौं– प्रधान सेनापति अशोकराज सिग्देल बेइजिङमा आयोजना हुने ‘तेह्रौँ बेइजिङ स्याङसङ

ऊर्जामन्त्री श्रेष्ठ भन्छन् : जोखिमपूर्ण हिमताल फुटाएर जलस्तर घटाउने योजना बनाउँदैछौँ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले जोखिमपूर्ण हिमताल