इलामको सन्दकपुरमा सशस्त्रको 'बीओपी' स्थापना | Khabarhub Khabarhub

इलामको सन्दकपुरमा सशस्त्रको ‘बीओपी’ स्थापना


८ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इलाम- इलाम जिल्लाको सन्दकपुर गाउँपालिका-५ स्थित जौवारीमा सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोस्ट (बीओपी) जौवारी स्थापना भएको छ।

नम्बर एक प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्की तथा सोही प्रदेशका कृषिराज्य मन्त्री राम रानाले सोमबार आयोजित एक समारोहका बीच उक्त बीओपीको उद्घाटन गरेका हुन्।

सशस्त्र प्रहरी बल, नेपाल नम्बर १ गण ईलाम मातहतमा स्थापना भएको सो बीओपी सीमा सुरक्षा, सीमा क्षेत्रमा हुने चोरीपैठारी निकासी नियन्त्रण, सीमा अपराध नियन्त्रणलगायतका विविध काम कारबाहीहरूमा परिचालित हुनेछ।

ईलाम सदरमुकामदेखि करीब ३९ किलोमिटरको दूरीमा नेपाल-भारत सीमानाकाभन्दा करीब १ किलोमिटर वर स्थापना गरिएको उक्त बीओपीमा सोमबारबाट नै दैनिक कार्य सुचारु गरिएको छ ।

प्रकाशित मिति : ८ मंसिर २०७७, सोमबार  १० : ५८ बजे

हैदरावादलाई हराउँदै कोलकाता आइपिएलको फाइनलमा

काठमाडौं । कोलकाता नाइट राइडर्स इन्डियन प्रिमियर लिग (आईपिएल)को फाइनलमा

किमाथाङ्का नाका जेठ १२ गतेदेखि खुला हुने

सङ्खुवासभा – उत्तरी क्षेत्र चीनसँग जोडिएको सङ्खुवासभाको किमाथाङ्का नाका खुला

दमौलीमा आगलागीबाट सात करोड बराबरको क्षति

तनहुँ – तनहुँको व्यास नगरपालिका–३ मुख्यचोकस्थित फलफूल लाइनमा सोमबार बिहान

सिरोहियाको गिरफ्तारी सत्ताको चरम दुरुपयोग : राजेन्द्र लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले कान्तिपुर

सिरोहिया पक्राउबारे गगनले भने – अपराध ढाकछोप गर्ने दुस्प्रयास

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कान्तिपुर मिडिया ग्रुपका