विस्तारै बढ्न थाले पर्यटक, ५ महिनामा ६ हजार विदेशी नेपाल आए « Khabarhub

विस्तारै बढ्न थाले पर्यटक, ५ महिनामा ६ हजार विदेशी नेपाल आए


८ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोरोना कहरले तहनहस भएको पर्यटन क्षेत्र विस्तारै उठ्ने संकेत देखिएको छ ।

नेपाल आउने विदेशी पर्यटकको संख्या बढ्न थालेको छ । आन्तरिक पर्यटनका गतिविधि पनि बढेका छन् ।

चालु आर्थिक वर्ष २०७७/७८ को मंसिरसम्म हवाई मार्गबाट ६ हजार २८० जना विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन विभागका अनुसार ५ महिनामा अमेरिकाबाट १ हजार ३१७ जना पर्यटक नेपाल भित्रिएका छन् ।

त्यस्तै बेलायतबाट ९०१ जना पर्यटक नेपाल आएका छन् । चीनबाट ५ सय ७६ र भारतबाट ४३१ जना पर्यटक नेपाल आएका छन् ।

टर्कीबाट ३०३, अस्ट्रेलियाबाट १३५, रसियाबाट १८०, फ्रान्सबाट १३५, जर्मनी र जापानबाट १०८, जोर्डन र माल्दिभ्सबाट १०६, मेक्सिकोबाट ११२, पोर्चुगलबाट १०० र श्रीलंकाबाट १०२ जना पर्यटक नेपाल भित्रिएका छन् ।

संयुक्त राष्ट्रसंघीय निकायका ११५ जना कर्मचारीसमेत सो अवधिमा नेपाल आएको विभागले जनाएको छ ।

विमानस्थलबाट यो अवधिमा नेपाल आएका पर्यटक विगतका वर्षमा जस्तो मुलुकको पदयात्रा भ्रमण एवं विभिन्न पर्यटकीय गन्तव्य स्थलको भ्रमणमा गएका छैनन् ।

राजधानीको पर्यटकीय बजार ठमेलमा समेत यो वर्ष विदेशी पर्यटकको अनुहार देख्न मुस्किल परेको सम्बन्धित पर्यटन व्यवसायी एवं सरोकारवालाको भनाइ छ ।

उनीहरूले नेपाल भ्रमणका लागि नभएर अन्य काम विशेष र डिप्लोम्याटिक तथा कूटनीतिक काममा आएकाले बजारमा चहलपहल नदेखिएको बताएका छन् ।

प्रकाशित मिति : ८ पुस २०७७, बुधबार  ६ : ४४ बजे

सल्यानमा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, चार घाइते

काठमाडौँ – सल्यानको त्रिवेणी गाउँपालिका–५ सिंखस्थित भित्री सडकखण्डमा शनिबार बिहान

बाढीले सडक बगाएपछि रसुवाका बाढीपीडितलाई ‘ड्रोन’को सहारा

काठमाडौँ – आजभोलि रसुवाको आमाछोदिङमो गाउँपालिकाको आकाशमा बेलाबेलामा ड्रोन उडिरहेको

एसीसी प्रिमियर कप फाइनल : आशिफको शतकमा नेपालले युएईलाई दियो ३१४ रनको चुनौती

काठमाडौँ – एसीसी प्रिमियर कपको फाइनलमा नेपालले संयुक्त अरब इमिरेट्स

एसीसी प्रिमियर कप फाइनल : युएईविरुद्ध गुल्सन झाको अर्धशतक

काठमाडौँ – एसीसी प्रिमियर कपको फाइनलमा नेपालका अलराउन्डर गुल्सन झाले

गैंडाकोटमा दुई बस ठोक्किँदा १८ जना घाइते

काठमाडौँ – नवलपरासी (बर्दाघाट सुस्ता पूर्व) को गैंडाकोट नगरपालिका–१२ हर्कपुरस्थित