घरेलु मैदानमै युभेन्टस पराजित | Khabarhub Khabarhub

घरेलु मैदानमै युभेन्टस पराजित


८ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– साबिक विजेता युभेन्टस इटालियन सिरी ए फुटबलको यो सिजनमा पहिलो पटक पराजित भएको छ ।

लिग अन्तर्गत मंगलबार राति भएको खेलमा १० खेलाडीमा सीमित युभेन्टसलाई फियोरेन्टिनाले ३–० ले पराजित गरेको हो ।

घरेलु मैदानमा भएको खेलमा १८ औँ मिनेटमा ख्वान कुआड्राडो सीधै रातो कार्ड पाएर मैदानबाट बाहिरिए । त्यसअघि नै तेस्रो मिनेटमा भ्लाहोविधले फियोरेन्टिनाका लागि गोल गरेका थिए ।

७६ औँ मिनेटमा युभेन्टसका लोबो सिल्भाले आत्मघाति गोल गरे । ८१ औँ मिनेटमा कासेरिसले गोल गरेपछि फियोरेन्टिना ३–० ले विजयी भयो । मंगलबारको खेलमा क्रिष्टियानो रोनाल्डोले गोल गर्ने प्रयास गरेका थिए, तर सफल भएनन् ।

हारपछि १३ खेलबाट २४ अंक भएको युभेन्टस चौथो स्थानमा झरेको छ । १४ खेलबाट १४ अंकसहित फियोरेन्टिना १५ औँ स्थानमा झरेको छ ।

प्रकाशित मिति : ८ पुस २०७७, बुधबार  ७ : ४० बजे

मंगलबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख २५ गते मंगलबार सन्

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८१ साल वैशाख २५ गते मंगलबार तदनुसार

आज २०८१ साल वैशाख २५ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २५ गते मंगलबार तदनुसार

जसपा फुटिसकेपछि अमेरिकाबाट मध्यराति आइपुगे उपप्रधानमन्त्री यादव

काठमाडौं – अध्यक्ष उपेन्द्र यादवले देश छाड्दा सग्लो रहेको जनता समाजवादी

सगरमाथामा क्षेत्रमा जलवायु परिवर्तनका अस्वाभाविक असर देखिँदै

सोलुखुम्बु – विश्वव्यापी तापक्रमको उच्च वृद्धिसँगै सगरमाथासहितका हिमालहरु चपेटामा पर्दै