घरेलु मैदानमै युभेन्टस पराजित « Khabarhub

घरेलु मैदानमै युभेन्टस पराजित


८ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– साबिक विजेता युभेन्टस इटालियन सिरी ए फुटबलको यो सिजनमा पहिलो पटक पराजित भएको छ ।

लिग अन्तर्गत मंगलबार राति भएको खेलमा १० खेलाडीमा सीमित युभेन्टसलाई फियोरेन्टिनाले ३–० ले पराजित गरेको हो ।

घरेलु मैदानमा भएको खेलमा १८ औँ मिनेटमा ख्वान कुआड्राडो सीधै रातो कार्ड पाएर मैदानबाट बाहिरिए । त्यसअघि नै तेस्रो मिनेटमा भ्लाहोविधले फियोरेन्टिनाका लागि गोल गरेका थिए ।

७६ औँ मिनेटमा युभेन्टसका लोबो सिल्भाले आत्मघाति गोल गरे । ८१ औँ मिनेटमा कासेरिसले गोल गरेपछि फियोरेन्टिना ३–० ले विजयी भयो । मंगलबारको खेलमा क्रिष्टियानो रोनाल्डोले गोल गर्ने प्रयास गरेका थिए, तर सफल भएनन् ।

हारपछि १३ खेलबाट २४ अंक भएको युभेन्टस चौथो स्थानमा झरेको छ । १४ खेलबाट १४ अंकसहित फियोरेन्टिना १५ औँ स्थानमा झरेको छ ।

प्रकाशित मिति : ८ पुस २०७७, बुधबार  ७ : ४० बजे

‘कांग्रेस बूढापाकाको मात्र होइन, सबैको साझा पार्टी हो’

काठमाडौं- १५ औँ महाधिवेशनमा सहभागी सबैभन्दा कान्छी प्रतिनिधि अभिप्सा पौडेलले

पाँच उद्यमी तथा नवप्रवर्तक पुरस्कृत

काठमाडाैँ – युरोपेली संघको सहयोगमा क्रिएसन नेपालद्वारा सञ्चालित ग्रीनसिफ्ट नेपाल

कात्तिक ७ देखि दुई महिने ‘राष्ट्रिय जागरण अभियान’ सञ्चालन गर्ने नेकपाको निर्णय

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)ले कार्तिक ७ गतेदेखि दुई महिने ’राष्ट्रिय

धादिङमा ग्यास बुलेट दुर्घटना हुँदा मुग्लिन–काठमाडौँ सडक अवरुद्ध

काठमाडौँ – चितवनबाट काठमाडौँतर्फ आउँदै गरेको ग्यास बुलेट धादिङमा दुर्घटनामा

कांग्रेस महाधिवेशन : ६ हजार ७ सय मत खस्यो

काठमाडौं- कांग्रेस महाधिवेशनमा नेतृत्व चयनका लागि मतदान जारी छ ।