अस्ट्रेलियासँग व्यापार युद्धतिर चीन | Khabarhub Khabarhub

अस्ट्रेलियासँग व्यापार युद्धतिर चीन



तपाईंले अमेरिका र चीनबीचको व्यापार युद्धका विषयमा सुन्नुभएको छ तर के तपाईंले अस्ट्रेलिया र चीनबीचको समस्याका विषयमा सुन्नुभएको छ ?

अस्ट्रेलिया र चीनबीच बढ्दोरूपमा रहेको समस्या कुनै व्यापार समस्या वा युद्ध होइन । यो त चीनले आफ्नो आर्थिक शक्तिको प्रयोग गर्दै आफ्नो राजनीतिक स्वार्थ सिद्ध गर्न केसम्म गर्न सक्छ भन्ने विषयको उदाहरण हो ।

पछिल्लो समय अस्ट्रेलिया चीनको आक्रामक व्यापार रणनीतिको तारो भएको छ । चीनले ६ महीनायता अष्ट्रेलियाका आधा दर्जनभन्दा बढी प्रकारका सामान आयातमा रोक लगाएको छ जसका कारण चीनमा अस्ट्रेलियाको निर्यात बजारमा ठूलो नोक्सान पुगेको छ ।

चीन अस्ट्रेलियाको सबैभन्दा ठूलो निर्यात बजार हो जहाँ १७५ बिलियन अमेरिकी डलर बराबरको सामान निर्यात हुन्छ, जुन अस्ट्रेलियाको वार्षिक कुल व्यापारको ३४ प्रतिशत हुन आउँछ ।

चिनियाँ अधिकारीले घरेलु आयातकर्तालाई अस्ट्रेलियन कोइला र कपासको आयात नगर्न गरेको आन्तरिक सर्कुलर राजनीतिक कदममात्रै होइन । चीनको यो कदम विश्व व्यापार सङ्गठनको मर्म तथा चीन र अस्ट्रेलियाबीच भएको स्वतन्त्र व्यापार सम्झौताको पनि विपरीत छ ।

यसका लागि चीनले असंख्य नीति अपनाएको छ जसमा गैरडम्पिङ उपाय, कष्टकर भन्सार निरीक्षण र घरेलु उपभोक्तालाई अस्ट्रेलियन सामान जौ, रक्सी, गाईको मासु, काठ, झिँगे माछा, कोइला, कपास लगायतका वस्तु प्रयोगमा निरुत्साहित गरेको छ । अस्ट्रेलियामा उत्पादन हुने चिनी र तामाका सामानमा पनि चीनमा चाँडै प्रतिबन्ध लाग्नेछ ।

अमेरिका-चीन व्यापार युद्धको विपरीत, जसमा चीनले अमेरिकी कारबाही व्यहोर्नु परेको छ, अहिले अस्ट्रेलिया चीनको हमलामा परेको छ । चीनको कदममा आर्थिक पक्षभन्दा पनि बेइजिङको राजनीतिक उद्देश्य बढी देखिन्छ । अप्रिलमा अस्ट्रेलियाका अधिकारीहरुले कारोना भाइरसका विषयमा जाँचबुझका लागि एक स्वतन्त्र अधिकार सम्पन्न आयोग निर्माण हुनुपर्ने बताएयता दुई देशबीच समस्या उत्पन्न भएको हो ।

केही व्यक्तिहरु चीनले अस्ट्रेलियाबाट आयात हुने समानमा गैरडम्पिङ अनुसन्धान गर्दै अस्ट्रेलियामा उत्पादन हुने रक्सी, जौ लगायतका वस्तु आयात गर्दा चीनले लगाउने कष्टकर भन्सारलाई अस्ट्रेलियाले चिनियाँ समानजस्तै स्टील, कागज र केही रासायनिक पदार्थ निर्यातमा लगाएको गैरडम्पिङ व्यवहारको प्रतिक्रियाका रूपमा पनि व्याख्या गर्छन् ।

तर, चिनियाँ अधिकारीले घरेलु आयातकर्तालाई अस्ट्रेलियन कोइला र कपासको आयात नगर्न गरेको आन्तरिक सर्कुलर राजनीतिक कदममात्रै होइन । चीनको यो कदम विश्व व्यापार सङ्गठनको मर्म तथा चीन र अस्ट्रेलियाबीच भएको स्वतन्त्र व्यापार सम्झौताको पनि विपरीत छ ।

चिनियाँ राष्ट्रपति सि चिनफिङले धेरैभन्दा धेरै देशलाई चीनसँगको स्वतन्त्र व्यापार सम्झौताबाट लाभ लिन आह्वान गरे । उनले सम्भावित लगानीकर्तालाई चीनमा खुला निर्यातको वातावरण रहेको भन्दै लगानीको लागि प्रेरित गर्ने कोशिस गरे ।

घरेलु कम्पनीलाई निश्चित विदेशी सामानको आयात नगर्न गरेको आदेश चिनियाँ सरकारको रणनीतिको एउटा पाटो हो । जसलाई चीन सरकारले कम्पनी र उपभोक्ताले नै सामान बहिष्कार गरेको अर्थ लगाउनेछ । हामीले बुझ्नुपर्ने कुरा के हो भने चीनमा सरकार र निजी व्यापारीबीचको सम्बन्धमा मसिनो धर्सोमात्रै हुन्छ ।

चीनले विगतमा यस्तै कदम जपान र दक्षिण कोरियाका विरुद्ध पनि चालेको थियो । सन् २०१२ मा चीनले जपानी सामान बहिष्कार गरेको थियो । त्यस अघि चीन र जपानबीच सीमा विवाद चुलिएको थियो । यस्तै, सन् २०१७ मा दक्षिण कोरियाको रक्षा रणनीतिलाई लिएर चीनले दक्षिण कोरियाबाट सामान आयातमा रोक लगाएको थियो ।

अस्ट्रेलिया चीनको यो व्यापार रणनीतिबारे अनभिज्ञ भने छैन । गत वर्ष अर्थात सन् २०२० मा पनि चीनले अस्ट्रेलियाबाट आयात हुने कोइलामा कोटा प्रणाली लागु गरेको थियो ।

अर्को व्यापार रणनीति जुन चीनले चाल्ने गर्छ त्यो हो कष्टकर भन्सार निरीक्षण, जसले गर्दा चीन निर्यात भएका सामान हप्तौँसम्म बन्दरगाह र जहाजमा नै अड्किन्छन् । चिनियाँ अधिकारीहरु अस्ट्रेलियाबाट आउने काठ र झिँगे माछा स्वस्थ्यकर छ कि छैन अथवा कीटाणु र अनावश्यक खनिज पदार्थको अवस्था के छ भनेर राम्रोसँग निरीक्षण गर्नुपर्छ भन्छन् ।

कम्युनिष्ट शासकका हालैका ‘दोहोरो सञ्चालन’ रणनीतिका कारण विदेशमा भनेका सामग्रीलाई चीनबाट बाहिरै राख्ने नीति लिएको छ । योसँगै अस्ट्रेलियासँगको बढ्दो व्यापार सम्बन्धमा हुने गडबडीले आजको चीनको राजनीति र सबै क्षेत्रलाई असर पार्ने दखिन्छ ।

जब अमेरिका र चीनबीचको व्यापार युद्ध चरम सीमामा थियो, अमेरिकी फलफूल, सुँगुरको मासु, कार जस्ता सामग्रीले पनि कष्टकर भन्सार निरीक्षण पास गर्नुपर्ने अवस्था थियो ।

चीनले गत हप्ता एउटा अन्तर्राष्ट्रिय व्यापार सम्मेलन आयोजना गर्‍यो । जसको उद्देश्य चीनमा विदेशी व्यापार बढाउने थियो । उक्त सम्मेलनको उद्घाटन सत्रमा बोल्दै चिनियाँ राष्ट्रपति सि चिनफिङले धेरैभन्दा धेरै देशलाई चीनसँगको स्वतन्त्र व्यापार सम्झौताबाट लाभ लिन आह्वान गरे । उनले सम्भावित लगानीकर्तालाई चीनमा खुला निर्यातको वातावरण रहेको भन्दै लगानीको लागि प्रेरित गर्ने कोशिस गरे ।

तर, कम्युनिष्ट शासकका हालैका ‘दोहोरो सञ्चालन’ रणनीतिका कारण विदेशमा भनेका सामग्रीलाई चीनबाट बाहिरै राख्ने नीति लिएको छ । योसँगै अस्ट्रेलियासँगको बढ्दो व्यापार सम्बन्धमा हुने गडबडीले आजको चीनको राजनीति र सबै क्षेत्रलाई असर पार्ने दखिन्छ ।

(वाल्टर द हेरिटेज फाउन्डेशनका नीति विश्लेषक तथा अर्थशास्त्री हुन् । १३ नोभेम्बर २०२० मा द डेली सिग्नलमा प्रकाशित यो लेख हामीले द हेरिटेज फाउन्डेशनको वेबसाइटबाट नेपाली भाषामा भावानुवाद गरेका हौँ ।)

प्रकाशित मिति : ८ पुस २०७७, बुधबार  ९ : १० बजे

दमौलीमा पानीको हाहाकार, एक गाग्रीका लागि घण्टौँ लाइन बस्नुपर्ने

तनहुँ–  तनहुँको व्यास नगरपालिका– २  र ३ वडामा खानेपानीको हाहाकार

पाल्पाको रामघाटमा ज्येष्ठ नागरिक स्कुल सञ्चालनको तयारी

पाल्पा– ज्येष्ठ नागरिकलाई लक्षित गर्दै पाल्पाको रामघाटमा ज्येष्ठ नागरिक स्कुल

११ महिनामा ९२ करोड राजस्व सङ्कलन

नवलपरासी– बर्दघाट सुस्ता पश्चिम नवलपरासी करदाता सेवा कार्यालय नवलपरासीले चालु

मानव–हात्ती द्वन्द्व न्यूनीकरण गर्न वन मन्त्रालयको पहल

काठमाडौं– वन तथा वातावरण मन्त्रालयले पूर्वी तराई क्षेत्रमा बढ्दो मानव–हात्ती

आजका लागि तरकारी तथा फलफूलको मूल्य यस्तो छ

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि