अस्ट्रेलियासँग व्यापार युद्धतिर चीन « Khabarhub

अस्ट्रेलियासँग व्यापार युद्धतिर चीन



तपाईंले अमेरिका र चीनबीचको व्यापार युद्धका विषयमा सुन्नुभएको छ तर के तपाईंले अस्ट्रेलिया र चीनबीचको समस्याका विषयमा सुन्नुभएको छ ?

अस्ट्रेलिया र चीनबीच बढ्दोरूपमा रहेको समस्या कुनै व्यापार समस्या वा युद्ध होइन । यो त चीनले आफ्नो आर्थिक शक्तिको प्रयोग गर्दै आफ्नो राजनीतिक स्वार्थ सिद्ध गर्न केसम्म गर्न सक्छ भन्ने विषयको उदाहरण हो ।

पछिल्लो समय अस्ट्रेलिया चीनको आक्रामक व्यापार रणनीतिको तारो भएको छ । चीनले ६ महीनायता अष्ट्रेलियाका आधा दर्जनभन्दा बढी प्रकारका सामान आयातमा रोक लगाएको छ जसका कारण चीनमा अस्ट्रेलियाको निर्यात बजारमा ठूलो नोक्सान पुगेको छ ।

चीन अस्ट्रेलियाको सबैभन्दा ठूलो निर्यात बजार हो जहाँ १७५ बिलियन अमेरिकी डलर बराबरको सामान निर्यात हुन्छ, जुन अस्ट्रेलियाको वार्षिक कुल व्यापारको ३४ प्रतिशत हुन आउँछ ।

चिनियाँ अधिकारीले घरेलु आयातकर्तालाई अस्ट्रेलियन कोइला र कपासको आयात नगर्न गरेको आन्तरिक सर्कुलर राजनीतिक कदममात्रै होइन । चीनको यो कदम विश्व व्यापार सङ्गठनको मर्म तथा चीन र अस्ट्रेलियाबीच भएको स्वतन्त्र व्यापार सम्झौताको पनि विपरीत छ ।

यसका लागि चीनले असंख्य नीति अपनाएको छ जसमा गैरडम्पिङ उपाय, कष्टकर भन्सार निरीक्षण र घरेलु उपभोक्तालाई अस्ट्रेलियन सामान जौ, रक्सी, गाईको मासु, काठ, झिँगे माछा, कोइला, कपास लगायतका वस्तु प्रयोगमा निरुत्साहित गरेको छ । अस्ट्रेलियामा उत्पादन हुने चिनी र तामाका सामानमा पनि चीनमा चाँडै प्रतिबन्ध लाग्नेछ ।

अमेरिका-चीन व्यापार युद्धको विपरीत, जसमा चीनले अमेरिकी कारबाही व्यहोर्नु परेको छ, अहिले अस्ट्रेलिया चीनको हमलामा परेको छ । चीनको कदममा आर्थिक पक्षभन्दा पनि बेइजिङको राजनीतिक उद्देश्य बढी देखिन्छ । अप्रिलमा अस्ट्रेलियाका अधिकारीहरुले कारोना भाइरसका विषयमा जाँचबुझका लागि एक स्वतन्त्र अधिकार सम्पन्न आयोग निर्माण हुनुपर्ने बताएयता दुई देशबीच समस्या उत्पन्न भएको हो ।

केही व्यक्तिहरु चीनले अस्ट्रेलियाबाट आयात हुने समानमा गैरडम्पिङ अनुसन्धान गर्दै अस्ट्रेलियामा उत्पादन हुने रक्सी, जौ लगायतका वस्तु आयात गर्दा चीनले लगाउने कष्टकर भन्सारलाई अस्ट्रेलियाले चिनियाँ समानजस्तै स्टील, कागज र केही रासायनिक पदार्थ निर्यातमा लगाएको गैरडम्पिङ व्यवहारको प्रतिक्रियाका रूपमा पनि व्याख्या गर्छन् ।

तर, चिनियाँ अधिकारीले घरेलु आयातकर्तालाई अस्ट्रेलियन कोइला र कपासको आयात नगर्न गरेको आन्तरिक सर्कुलर राजनीतिक कदममात्रै होइन । चीनको यो कदम विश्व व्यापार सङ्गठनको मर्म तथा चीन र अस्ट्रेलियाबीच भएको स्वतन्त्र व्यापार सम्झौताको पनि विपरीत छ ।

चिनियाँ राष्ट्रपति सि चिनफिङले धेरैभन्दा धेरै देशलाई चीनसँगको स्वतन्त्र व्यापार सम्झौताबाट लाभ लिन आह्वान गरे । उनले सम्भावित लगानीकर्तालाई चीनमा खुला निर्यातको वातावरण रहेको भन्दै लगानीको लागि प्रेरित गर्ने कोशिस गरे ।

घरेलु कम्पनीलाई निश्चित विदेशी सामानको आयात नगर्न गरेको आदेश चिनियाँ सरकारको रणनीतिको एउटा पाटो हो । जसलाई चीन सरकारले कम्पनी र उपभोक्ताले नै सामान बहिष्कार गरेको अर्थ लगाउनेछ । हामीले बुझ्नुपर्ने कुरा के हो भने चीनमा सरकार र निजी व्यापारीबीचको सम्बन्धमा मसिनो धर्सोमात्रै हुन्छ ।

चीनले विगतमा यस्तै कदम जपान र दक्षिण कोरियाका विरुद्ध पनि चालेको थियो । सन् २०१२ मा चीनले जपानी सामान बहिष्कार गरेको थियो । त्यस अघि चीन र जपानबीच सीमा विवाद चुलिएको थियो । यस्तै, सन् २०१७ मा दक्षिण कोरियाको रक्षा रणनीतिलाई लिएर चीनले दक्षिण कोरियाबाट सामान आयातमा रोक लगाएको थियो ।

अस्ट्रेलिया चीनको यो व्यापार रणनीतिबारे अनभिज्ञ भने छैन । गत वर्ष अर्थात सन् २०२० मा पनि चीनले अस्ट्रेलियाबाट आयात हुने कोइलामा कोटा प्रणाली लागु गरेको थियो ।

अर्को व्यापार रणनीति जुन चीनले चाल्ने गर्छ त्यो हो कष्टकर भन्सार निरीक्षण, जसले गर्दा चीन निर्यात भएका सामान हप्तौँसम्म बन्दरगाह र जहाजमा नै अड्किन्छन् । चिनियाँ अधिकारीहरु अस्ट्रेलियाबाट आउने काठ र झिँगे माछा स्वस्थ्यकर छ कि छैन अथवा कीटाणु र अनावश्यक खनिज पदार्थको अवस्था के छ भनेर राम्रोसँग निरीक्षण गर्नुपर्छ भन्छन् ।

कम्युनिष्ट शासकका हालैका ‘दोहोरो सञ्चालन’ रणनीतिका कारण विदेशमा भनेका सामग्रीलाई चीनबाट बाहिरै राख्ने नीति लिएको छ । योसँगै अस्ट्रेलियासँगको बढ्दो व्यापार सम्बन्धमा हुने गडबडीले आजको चीनको राजनीति र सबै क्षेत्रलाई असर पार्ने दखिन्छ ।

जब अमेरिका र चीनबीचको व्यापार युद्ध चरम सीमामा थियो, अमेरिकी फलफूल, सुँगुरको मासु, कार जस्ता सामग्रीले पनि कष्टकर भन्सार निरीक्षण पास गर्नुपर्ने अवस्था थियो ।

चीनले गत हप्ता एउटा अन्तर्राष्ट्रिय व्यापार सम्मेलन आयोजना गर्‍यो । जसको उद्देश्य चीनमा विदेशी व्यापार बढाउने थियो । उक्त सम्मेलनको उद्घाटन सत्रमा बोल्दै चिनियाँ राष्ट्रपति सि चिनफिङले धेरैभन्दा धेरै देशलाई चीनसँगको स्वतन्त्र व्यापार सम्झौताबाट लाभ लिन आह्वान गरे । उनले सम्भावित लगानीकर्तालाई चीनमा खुला निर्यातको वातावरण रहेको भन्दै लगानीको लागि प्रेरित गर्ने कोशिस गरे ।

तर, कम्युनिष्ट शासकका हालैका ‘दोहोरो सञ्चालन’ रणनीतिका कारण विदेशमा भनेका सामग्रीलाई चीनबाट बाहिरै राख्ने नीति लिएको छ । योसँगै अस्ट्रेलियासँगको बढ्दो व्यापार सम्बन्धमा हुने गडबडीले आजको चीनको राजनीति र सबै क्षेत्रलाई असर पार्ने दखिन्छ ।

(वाल्टर द हेरिटेज फाउन्डेशनका नीति विश्लेषक तथा अर्थशास्त्री हुन् । १३ नोभेम्बर २०२० मा द डेली सिग्नलमा प्रकाशित यो लेख हामीले द हेरिटेज फाउन्डेशनको वेबसाइटबाट नेपाली भाषामा भावानुवाद गरेका हौँ ।)

प्रकाशित मिति : ८ पुस २०७७, बुधबार  ९ : १० बजे

सुनबरा नदीमा डुबेर बालिकाको मृत्यु

कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–९ सिसैयाका १० वर्षीया बालिका सञ्जु

कांग्रेस संस्थापन पक्षइतर भेलामा विभिन्न पाँच प्रतिवेदनमाथि छलफल

काठमाडौं – नेपाली कांग्रेसको संस्थापन पक्षइतर राष्ट्रिय भेलामा विभिन्न पाँच

निगमले आइतबार थप सात केन्द्रबाट एलपी ग्यास बिक्रीवितरण गर्ने

काठमाडौं – नेपाल आयल निगमले काठमाडौँ उपत्यकामा अत्यावश्यक उपभोक्ताका लागि

निर्वाचन क्षेत्रका नागरिकका समस्या बुझ्दै गृहमन्त्री

गण्डकी – गृहमन्त्री सुधन गुरुङ नागरिकका समस्या र गुनासा बुझ्न

धवलागिरिको घुम्ती शिविरबाट ६ सय जना लाभान्वित

म्याग्दी – म्याग्दीको धवलागिरि गाउँपालिकाले घुम्ती शिविर सञ्चालन गरेर ६००