पुस १ गते यता बेलायतबाट आएकाहरुलाई अनिवार्य  १० दिन क्वारेन्टाइनमा बस्न अनुरोध « Khabarhub

पुस १ गते यता बेलायतबाट आएकाहरुलाई अनिवार्य  १० दिन क्वारेन्टाइनमा बस्न अनुरोध


८ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बेलायतबाट पुस १ गते यता आएका सबैलाई क्वारेन्टाइनमा बस्न अनुरोध गरेको छ ।

मन्त्रालयले आज एक सूचना जारी गर्दै बेलायतमा नयाँ प्रकारको कोरानो भाइरसको प्रजाति देखा परेको सन्दर्भमा सो भाइरसको संक्रमण नियन्त्रण तथा रोकथामका लागि त्यहाँबाट आएका सबैलाई १० दिन अनिवार्य क्वारेन्टाइनमा बस्न अनुरोध गरेको हो ।

कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि सरकार लागिपरेको जनाउँदै मन्त्रालयले पुस १ गतेदेखि ७ गतेभित्र बेलायतबाट वा उक्त मुलुकको बाटो हुँदै नेपाल प्रवेश गर्नुहुने सम्पूर्ण व्यक्तिहरुलाई अनिवार्य रुपमा १० दिन होटेल क्वारेन्टाइनमा बस्न अनुरोध गरेको हो ।

मन्त्रालयले सूचना जारी गर्दै नेपाल प्रवेश गरेको मितिले ७ देखि १० दिनभित्र नजिकको सकारी स्वास्थ्य प्रयोगशालामा पीसीआर परीक्षण गर्न समेत अनुरोध गरेको छ । उक्त परीक्षणका लागि शुल्क निलिन समेत अस्पताललाई अनुरोध गरेको छ ।

यस्तो छ सूचना 

प्रकाशित मिति : ८ पुस २०७७, बुधबार  ४ : ५५ बजे

महानिर्देशक अर्यालसहित चार जनाविरुद्ध दोस्रो पटक पाँच दिन म्याद थप

काठमाडौं– भ्रष्टाचार आरोपमा पक्राउ परेका राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसहित

धितोपत्र बोर्डको अध्यक्षमा डा. गोपाल भट्ट नियुक्त

काठमाडौं– सरकारले नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्षमा डा. गोपालप्रसाद

ट्याक्टरसँग मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

बनियानी– झापाको कनकाई नगरपालिका–५ तुलसीबारीस्थित भित्री सडकखण्डमा आज भएको सवारी दुर्घटनामा

‘हेल्लो पूर्वाधार’ सेवा सुरु

काठमाडौं- पूर्वाधार विकास मन्त्रालयले नागरिकका समस्यालाई प्रत्यक्ष रूपमा सम्बोधन गर्ने

रवीन्द्र मिश्रको टिप्पणी : रास्वपाका केही सांसदमा अत्यधिक अहंकार देखियो

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्ववरिष्ठ नेता रवीन्द्र मिश्रले