एकाएक चर्चामा मलिका « Khabarhub

एकाएक चर्चामा मलिका


८ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फिल्म ‘यात्रा’ मा दृष्टिविहीनको भूमिका निभाएपछि मलिका महतलाई कतिपय दर्शकले दृष्टिविहीन भएको समेत अड्कल काटे ।

फिल्मले उनलाई खासै सफलता नदिलाए पनि फिल्म क्षेत्रमा चिनायो । त्यसपछि उनलाई विभिन्न फिल्मबाट अफर आइरहे । पछिल्लो समय भने उनी म्युजिक भिडियोका कारण चर्चामा छिन् ।

‘फूलबुट्टे सारी’ बोलको म्युजिक भिडियोमा मोडल तथा कलाकार पल शाहसँग देखिएकी मलिकालाई दर्शकले रुचाएका छन् । मिलन नेवारले स्वर दिएको यो गीतको भिडियो छोटो समयमै अत्यधिक हेरिएको भिडियो बन्न सफल भएको छ ।

गायक मार्मिक लामाले स्वर दिएको ओर्जिनल गीत ‘फूलबुट्टे सारी’ भन्दा यो गीत अझ बढी हेरिएको छ ।

म्युजिक भिडियोमा मलिकाको अभिनय पनि उत्तिकै रुचाइएको छ । भिडियोमा उनले लजालु युवतीको भूमिका निभाएकी छिन् । यही म्युजिक भिडियोले उनलाई फिल्म ‘यात्रा’ ले नचिनाएका दर्शकमाझ पनि चर्चा दिएको छ ।

पछिल्लो समय उनलाई म्युजिक भिडियोबाट पनि उत्तिकै अफर आइरहेको छ । यो गीत हिट भएपछि म्युजिक भिडियोबाट धेरै नै अफर आएको मलिका बताउँछिन् ।

आफूलाई गीत मन परेन भने म्युजिक भिडियोमा अभिनय नगर्ने पनि उनी बताउँछिन् । म्युजिक भिडियोबाट अफर आए पनि फिल्मबाट भने अफर नआएको उनी सुनाउँछिन् ।

मलिकाको डेब्यु फिल्म ‘यात्रा’ मा उनको जोडी सलिनमान बनियाँसँग थियो । यो फिल्मबाट उनले औसत चर्चा बटुलेकी थिइन् ।

प्रकाशित मिति : ८ पुस २०७७, बुधबार  ५ : ४६ बजे

ब्राजिलका पूर्व राष्ट्रपति बोल्सोनारो अस्पताल भर्ना

ब्रासिलिया– निर्वाचित सत्ता उल्टाउने विद्रोह ‘कू’ को षड्यन्त्र रचेको अभियोगमा

माइडियाले ल्यायो पाँच मोडलका इन्डक्शन हब 

काठमाडौं– होम एप्लायन्स ब्रान्ड माइडियाले आधुनिक प्रविधिमा आधारित इन्डक्शन हबलाई ग्यासको वैकल्पिक समाधानका

लज्जास्पद हारसँगै एमाले-नेकपाका कार्यकर्ता चिन्तित : नेतृत्वले देखाए सुध्रिने संकेत

काठमाडौं- फागुन २१ गतेको निर्वाचनमा सर्मनाक हारसँगै नेकपा (एमाले) र

गृहमन्त्रीसमक्ष धादिङ बस दुर्घटना छानबिन कार्यदलको प्रतिवेदन पेस

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालसमक्ष धादिङ बस दुर्घटना छानबिन कार्यदलले प्रतिवेदन

‘निर्वाचित जनप्रतिनिधिले वाचा कार्यान्वयनका लागि तयार हुनुपर्छ’

घोडाघोडी– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का