एकाएक चर्चामा मलिका « Khabarhub

एकाएक चर्चामा मलिका


८ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फिल्म ‘यात्रा’ मा दृष्टिविहीनको भूमिका निभाएपछि मलिका महतलाई कतिपय दर्शकले दृष्टिविहीन भएको समेत अड्कल काटे ।

फिल्मले उनलाई खासै सफलता नदिलाए पनि फिल्म क्षेत्रमा चिनायो । त्यसपछि उनलाई विभिन्न फिल्मबाट अफर आइरहे । पछिल्लो समय भने उनी म्युजिक भिडियोका कारण चर्चामा छिन् ।

‘फूलबुट्टे सारी’ बोलको म्युजिक भिडियोमा मोडल तथा कलाकार पल शाहसँग देखिएकी मलिकालाई दर्शकले रुचाएका छन् । मिलन नेवारले स्वर दिएको यो गीतको भिडियो छोटो समयमै अत्यधिक हेरिएको भिडियो बन्न सफल भएको छ ।

गायक मार्मिक लामाले स्वर दिएको ओर्जिनल गीत ‘फूलबुट्टे सारी’ भन्दा यो गीत अझ बढी हेरिएको छ ।

म्युजिक भिडियोमा मलिकाको अभिनय पनि उत्तिकै रुचाइएको छ । भिडियोमा उनले लजालु युवतीको भूमिका निभाएकी छिन् । यही म्युजिक भिडियोले उनलाई फिल्म ‘यात्रा’ ले नचिनाएका दर्शकमाझ पनि चर्चा दिएको छ ।

पछिल्लो समय उनलाई म्युजिक भिडियोबाट पनि उत्तिकै अफर आइरहेको छ । यो गीत हिट भएपछि म्युजिक भिडियोबाट धेरै नै अफर आएको मलिका बताउँछिन् ।

आफूलाई गीत मन परेन भने म्युजिक भिडियोमा अभिनय नगर्ने पनि उनी बताउँछिन् । म्युजिक भिडियोबाट अफर आए पनि फिल्मबाट भने अफर नआएको उनी सुनाउँछिन् ।

मलिकाको डेब्यु फिल्म ‘यात्रा’ मा उनको जोडी सलिनमान बनियाँसँग थियो । यो फिल्मबाट उनले औसत चर्चा बटुलेकी थिइन् ।

प्रकाशित मिति : ८ पुस २०७७, बुधबार  ५ : ४६ बजे

पन्चैबाजा संरक्षणमा जुटे विद्यार्थी

ढोरपाटन– बागलुङमा विद्यालयस्तरबाटै मौलिक पन्चैबाजा संरक्षण गर्न थालिएको छ ।

स्वच्छ ऊर्जाको कार्यान्वयनबाट हरित अर्थतन्त्र विकास

काठमाडौं–  विश्व तापमान वृद्धिको प्रमुख कारक तत्त्वका रुपमा रहेको हरितगृह ग्यास/कार्बन

ओखलढुङ्गामा लुटपाटपछि हत्या : सिरक ओढेको अवस्थामा भेटियो दम्पतीको शव

ओखलढुङ्गा – यहाँको चिशङ्खुगढी–६ भदौरेमा मगर दम्पतीको हत्या भएको एक

सेतीखोलामा डुबेका एक व्यक्ति तीन दिनदेखि बेपत्ता

तनहुँ– तनहुँको म्याग्दे गाउँपालिका–४ स्थित सेतीखोलामा माछा मार्ने क्रममा बेपत्ता

सुनको मूल्य बढ्यो, कति पुग्यो तोलामा ?

काठमाडौं– नेपाली बजारमा सुनको मूल्यले आज पनि नयाँ रेकर्ड बनाएको