राप्रपाको एजेण्डा र मार्गचित्रले मात्र मुलुक बन्ने अध्यक्ष थापाको दाबी « Khabarhub

राप्रपाको एजेण्डा र मार्गचित्रले मात्र मुलुक बन्ने अध्यक्ष थापाको दाबी


८ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आन्दोलन वा चुनावबाट पार्टीको कार्यसूची स्थापित गर्नमा केन्द्रित हुन कार्यकर्तालाई आग्रह गरेका छन।

आन्दोलन तयारी बैठकलाई सम्बोधन गर्दै थापाले राप्रपाको मार्गचित्रबाट मात्र मुकुकको सङ्कटमोचन हुनसक्ने जिकिर गरे । नेता थापाले सबै राष्ट्रवादी शक्ति एकजुट भएर राप्रपाको नेतृत्व र झण्डामा गोलबन्द भई अघि बढ्न आग्रह गरे ।

राप्रपा अध्यक्ष पशुपति शमशेर जबराले कांग्रेस कम्युनिष्टले मुलुक सञ्चालन गर्न नसक्ने भन्दै अब राप्रपा अघि सर्नुपर्ने बेला भएको तथा राजसंस्था र हिन्दूराष्ट्रलाई पुनःस्थापना गर्नको निमित्त सबै तह र तप्कामा सक्रियताको आवश्यकता भएको बताए ।

अर्का अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले मुलुकलाई असफलताको बाटोमा लान नदिन राप्रपा बलियो हुनुपर्नेमा जोड दिए । कार्यक्रममा राप्रपा नेता बुद्धिमान तामाङले यही पुस १७ गते काठमाडौँमा हुने प्रदर्शनको खाका प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति : ८ पुस २०७७, बुधबार  ७ : १७ बजे

विभिन्न जिल्लामा सवारी दुर्घटना : ६ जनाको मृत्यु

काठमाडौं – देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६

इरानले अमेरिकीहरूलाई निसाना बनाउने प्रयास बढाएको अमेरिकी गुप्तचर प्रमुखको दावी

वासिङ्टन – इरानले मध्यपूर्व र त्यसभन्दा बाहिर अमेरिकीहरूलाई निसाना बनाउने

तनहुँको जामुनेमा तीन वटा सवारी साधन ठोक्किए

दमौली (तनहुँ)- पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेस्थित पृथ्वीराजमार्गमा आज

इरानमाथि फेरि आक्रमण गर्ने ट्रम्पको सङ्केत

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध पुनः सैन्य कारबाही हुन

२४ घण्टामा देशभर २० विपद्का घटना, आठ जना घाइते

काठमाडौँ- देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका २० वटा विपद्का