प्रहरीलाई आर्थिक प्रलोभन देखाउने चालक पक्राउ « Khabarhub

प्रहरीलाई आर्थिक प्रलोभन देखाउने चालक पक्राउ


८ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले सवारी जाँच क्रममा ट्राफिक प्रहरीलाई आर्थिक प्रलोभन देखाएर उम्कन खोज्ने गाडी चालकलाई पक्राउ गरेको छ ।

कार्यालय प्रमुख प्रहरी निरीक्षक उपेन्द्रप्रसाद आचार्यको कमाण्डमा खटिइ गएको टोलीले आज भेरीगङ्गा नगरपालिका– १३ सुर्खेत भेरीपुलस्थित सडकखण्डमा सवारी जाँच क्रममा उनीहरुलाई पक्राउ गरेको हो ।

ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी साधनलाई सवारी तथा यातायात व्यवस्था ऐनअन्तर्गत कारवाही गर्न खोज्दा ट्राफिक प्रहरीलाई आर्थिक प्रलोभन देखाएर नगद रकम दिन खोजेकाले उनीहरुलाई पक्राउ गरिएको ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक आचार्यले जानकारी दिए ।

प्रहरी निरीक्षक आचार्यले जाँचका क्रममा ना४ख २८२४ नम्बरका ट्रक चालक धनगढी उपमहानगरपालिका– ४ कैलाली निवासी २८ वर्षीय विवेक सिंह, ना५ख ९६२४ नम्बरका ट्रक चालक सीतगङ्गा नगरपालिका– ९ अर्घाखाँचीका २७ वर्षीय कमल पुन, ना७ख ७०२४ नम्बरकाट्रक चालक भरतपुर महानगरपालिका– ९ चितवनका ४७ वर्षीय कृष्णबहादुर नेपाली र भे१ख ३२०८ नम्बरका ट्रक चालक वीरेन्द्रनगर नगरपालिका १२ सुर्खेतका २४ वर्षीय कमल रजा पक्राउ परेको बताए ।

पक्राउपर्ने सहचालकमा बा३ख ६२१२ नम्बर बसका सहचालक कोहलपुर नगरपालिका– १ बाँकेका २४ वर्षीय सुनिल विश्वकर्मा र भे१ज ६५५ नम्बर विङ्गर चालक राप्ती सुनारी गाउँपालिका– २ बाँकेका २१ वर्षीय प्रमोद विक रहेको उनले जनाए । प्रहरी निरीक्षक आचार्यका अनुसार पक्राउ परेका सबै चालकलाई कानूनी कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय सुर्खेतमा बुझाइएको छ ।

प्रकाशित मिति : ८ पुस २०७७, बुधबार  ७ : ५१ बजे

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब