सर्वोच्चको निर्णय नकुरौँ, तत्काल विरोधमै जाऔँ : नेता थापा « Khabarhub

सर्वोच्चको निर्णय नकुरौँ, तत्काल विरोधमै जाऔँ : नेता थापा


८ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले प्रतिनिधिसभा विघटनविरुद्ध तत्काल आन्दोलनमा उत्रिनुपर्ने तर्क गरेका छन् ।

पार्टी कार्यालय सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकमा नेता थापाले सडकमा जान सर्वोच्च अदालतको निर्णय कुर्न नहुने बताए । संसद विघटन असंवैधानिक र अलोकतान्त्रिक कदम भएको भन्दै उनले कांग्रेस तत्काल सडक संघर्षमा उत्रिनुपर्ने बताएका हुन् ।

कांग्रेसमा संस्थापन पक्षले निर्वाचनमा जानुपर्ने भनिरहेका बेला नेता थापाले प्रधानमन्त्री केपी ओलीले गराउँदै नगराउने चुनावको भ्रममा नपर्न आग्रह गरे।

नेता थापाले संवैधानिक परिषदमा हालै गरिएका नियुक्तिहरुको पनि प्रतिवाद गर्नुपर्ने सुझाव दिएका थिए ।

प्रकाशित मिति : ८ पुस २०७७, बुधबार  ८ : २४ बजे

हिमपातले अवरुद्ध नाग्म–गमगडी सडक सञ्चालन

जुम्ला– शनिबारको भारी हिमपातले बन्द भएको कर्णाली राजमार्गअन्तर्गत नाग्म–गमगढी सडकखण्डको

‘ब्लु हिल’मा धमाधम पर्यटकीय पूर्वाधार निर्माण गरिँदै

गलकोट– यहाँको बागलुङ नगरपालिकाको गौरवको आयोजनाका रुपमा रहेको वडा नं

भारत–युरोप व्यापार सहमति ऐतिहासिक

एजेन्सी– भारत र युरोपेली सङ्घ (ईयु) बीच करिब दुई दशकदेखि

बालेन, महेश, हर्क र निकोलसलाई स्पष्टीकरण

काठमाडौं– निर्वाचन आयोगले चार जना उम्मेदवारसँग लिखित स्पष्टीकरण मागेको छ। 

पन्चैबाजा संरक्षणमा जुटे विद्यार्थी

ढोरपाटन– बागलुङमा विद्यालयस्तरबाटै मौलिक पन्चैबाजा संरक्षण गर्न थालिएको छ ।