फिल्म सिटी निर्माणको काम चाँडै अघि बढ्छ : मन्त्री गुरुङ « Khabarhub

फिल्म सिटी निर्माणको काम चाँडै अघि बढ्छ : मन्त्री गुरुङ


८ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले दोलखा फिल्म सिटी निर्माणका लागि कार्यविधि बनाएर कानूनीरुपमा अघि बढ्ने बताएका छन् ।

नेपाल चलचित्र बोर्डले आयोजना गरेको छलफल कार्यक्रममा मन्त्री गुरुङले सिटी निर्माणका लागि वाग्मती प्रदेश सरकारले चालू आर्थिक वर्षमा दिएको रु तीन करोड ५० लाख खर्च गर्नका लागि भिमेश्वर नगरपालिकालाई जिम्मा दिने पनि बताए।

सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री गुरुङले संघ, प्रदेश र स्थानीय तहको सहलगानीमार्फत सिटी निर्माणको काम अघि बढाउँदा उपयुक्त हुनेमा जोड दिए ।

आगामी दिनमा हुने स्थायी संरचना निर्माणका लागि भने मन्त्री गुरुङले बोर्डको सदस्य सचिवको संयोजकत्वमा एक महिनाभित्र कार्य समिति बनाएर निकास दिन पनि निर्देशन दिएका छन ।

कार्यक्रममा बोर्डका सदस्य सचिव महेन्द्रप्रसाद साँखीले मन्त्रालयले छलफल र पूर्वाधार निर्माणमा लामो समय खर्च भइसकेको भन्दै आगामी दिनमा भौतिक संरचना निर्माणका लागि लाग्नुपर्ने बताए ।

दोलखा फिल्म सिटी निर्माण सहयोग समितिका संयोजक मदनदास श्रेष्ठले राष्ट्रिय गौरवको आयोजना भएकाले अब यसलाई लामो समय अलमल नगरी गति दिनेतर्फ सम्बन्ध भएका सबै लाग्नुपर्ने धारणा राखे ।

दोलखाको भीमेश्वर नगरपालिकाको वडा नं ९ मा निर्माण गर्न लागिएको उक्त राष्ट्रिय योजनाका लागि एक हजार ५०० रोपनी जग्गा तयारी अवस्थामा रहेको छ ।

सिटी निर्माणअन्तर्गत सडक, बिजुली, खानेपानी जस्ता पूर्वाधार निर्माणको काम सकिसकेको संयोजक श्रेष्ठको भनाइ छ ।

सिटी निर्माणका लागि हाल प्रदेश सरकारले दिएको रकम प्रवेशद्वार निर्माण र प्रचारप्रसारका लागि खर्च गर्नेगरी बैठककमा छलफल भएको छ ।

प्रकाशित मिति : ८ पुस २०७७, बुधबार  ८ : ५६ बजे

कांग्रेस सभापतिमा गगन थापा सर्वसम्मत

काठमाडौं – नेपाली कांग्रेसको सभापतिमा गगन थापा सर्वसम्मत चयन भएका

नियमित महाधिवेशन पक्षका प्रदेश र जिल्ला सभापतिले भने : पार्टी गम्भीर र संवेदनशील मोडमा पुग्यो

काठमाडौं – नेपाली कांग्रेसका नियमित महाधिवेशन पक्षधर पाँच प्रदेश सभापति

कांग्रेस विशेष महाधिवेशन : राति २ बजेलाई तोकियो निर्वाचन, आकांक्षी धेरै हुँदा जुटेन सहमति

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशन अन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचन

कांग्रेस फुटेपछि कृष्ण सिटौलाले भने : गहिरो चोट लागेको छ

काठमाडौं – नेपाली कांग्रेस विभाजन भएपछि नेता कृष्णप्रसाद सिटौलाले कांग्रेसलाई

नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय मुक्ति पार्टी नेपालबीच पार्टी समायोजन सम्पन्न

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय मुक्ति पार्टी नेपाल