सरकारले काम गर्न नपाएपछि ताजा जनादेशको निर्णय : नेता रायमाझी « Khabarhub

सरकारले काम गर्न नपाएपछि ताजा जनादेशको निर्णय : नेता रायमाझी


८ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझीले पार्टीभित्र विवाद सिर्जना भई सरकारलाई काम गर्न नदिइएकाले बाध्यातावश प्रधानमन्त्री केपी शर्मा ओली ताजा जनादेशको निर्णयमा पुगेको बताएका छन् ।

काठमाडौँमा आज भएको कार्यक्रममा नेता रायमाझीले आफ्नै पार्टीका सांसदले विशेष अधिवेशन माग गरी सरकारविरुद्ध अविश्वासको प्रस्ताव गरिनु विडम्बना भएकाले त्यस्तो अवस्थामा प्रतिनिधिसभाको औचित्य नहुने जनाए ।

उनले भने, “एकातिर सरकारले काम गरेन भन्ने अर्कातिर अविश्वास प्रस्ताव ल्याएर काम गर्न नदिने प्रतिपक्षीबाट पनि नभएको व्यवहार नेकपाकै सांसदबाट हुनु दुःखद् हो । यस्तो स्थितिमा ताजा जनादेशमा जानु सबैभन्दा उत्तम विकल्प हो । सरकारले काम गरेन भन्नेहरु चुनावमा जानबाट डराउनु हुँदैन ।”

नेपाली कांग्रेसकी नेत्री पुष्पा भुसालले संसद् विघटन प्रधानमन्त्रीको विशेषाधिकार नभएको जिकिर गर्दै आफूहरु सर्वोच्च अदालतको फैसलापछि निर्वाचनको तयारीमा लाग्ने बताइन ।

जनता समाजवादी पार्टी, नेपालका नेता लक्ष्मणलाल कर्णले प्रधानमन्त्रीले संविधानमा नभएको व्यवस्था प्रयोग गरेर संसद् विघटन गरेको आरोप लगाए ।

नेकपाका नेता कृष्णभक्त पोखरेलले अदालतले विघटनको निर्णय बदर गराउने अपेक्षा व्यक्त गरे ।

प्रकाशित मिति : ८ पुस २०७७, बुधबार  ९ : ३० बजे

ऋषि क्लबसहित वर्षौँदेखि भाडा नतिर्ने भृकुटीमण्डपका २० सटरमा ताला 

काठमाडौं– समाज कल्याण परिषद्ले भृकुटीमण्डपभित्र कार्यालय र व्यवसाय सञ्चालन गरेर

सधैँ प्रयोग, अभ्यास र विकल्पको खोजीमा लाग्दा देश प्रयोगशाला मात्र बन्यो : पूर्वराजा शाह

काठमाडौं- पूर्वराजा ज्ञानेन्द्र शाहले देशको पछिल्लो अवस्थाप्रति चिन्ता व्यक्त गर्दै

हप्ताको दुई दिन बिदाले बन्दीपुरमा पर्यटकको सङ्ख्या बढ्यो

दमौली– यहाँको पर्यटकीय नगरी बन्दीपुरमा पर्यटकको चहलपहल बढेको छ ।

आयोगहरूबीच कार्यपद्धतिमा एकरूपता र गुणस्तरीयता कायम अनिवार्य : अध्यक्ष रेग्मी

गण्डकी– लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले आयोगहरूबीचको कार्यपद्धतिमा एकरूपता र

त्रिभुनव अन्तर्राष्ट्रिय विमानस्थलबाट गाँजासहित भारतीय नागरिक नियन्त्रणमा

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब दुई किलो गाँजासहित एक भारतीय