सरकारले काम गर्न नपाएपछि ताजा जनादेशको निर्णय : नेता रायमाझी « Khabarhub

सरकारले काम गर्न नपाएपछि ताजा जनादेशको निर्णय : नेता रायमाझी


८ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझीले पार्टीभित्र विवाद सिर्जना भई सरकारलाई काम गर्न नदिइएकाले बाध्यातावश प्रधानमन्त्री केपी शर्मा ओली ताजा जनादेशको निर्णयमा पुगेको बताएका छन् ।

काठमाडौँमा आज भएको कार्यक्रममा नेता रायमाझीले आफ्नै पार्टीका सांसदले विशेष अधिवेशन माग गरी सरकारविरुद्ध अविश्वासको प्रस्ताव गरिनु विडम्बना भएकाले त्यस्तो अवस्थामा प्रतिनिधिसभाको औचित्य नहुने जनाए ।

उनले भने, “एकातिर सरकारले काम गरेन भन्ने अर्कातिर अविश्वास प्रस्ताव ल्याएर काम गर्न नदिने प्रतिपक्षीबाट पनि नभएको व्यवहार नेकपाकै सांसदबाट हुनु दुःखद् हो । यस्तो स्थितिमा ताजा जनादेशमा जानु सबैभन्दा उत्तम विकल्प हो । सरकारले काम गरेन भन्नेहरु चुनावमा जानबाट डराउनु हुँदैन ।”

नेपाली कांग्रेसकी नेत्री पुष्पा भुसालले संसद् विघटन प्रधानमन्त्रीको विशेषाधिकार नभएको जिकिर गर्दै आफूहरु सर्वोच्च अदालतको फैसलापछि निर्वाचनको तयारीमा लाग्ने बताइन ।

जनता समाजवादी पार्टी, नेपालका नेता लक्ष्मणलाल कर्णले प्रधानमन्त्रीले संविधानमा नभएको व्यवस्था प्रयोग गरेर संसद् विघटन गरेको आरोप लगाए ।

नेकपाका नेता कृष्णभक्त पोखरेलले अदालतले विघटनको निर्णय बदर गराउने अपेक्षा व्यक्त गरे ।

प्रकाशित मिति : ८ पुस २०७७, बुधबार  ९ : ३० बजे

जब कुलमानले उज्यालो नेपालको बैठकमा हात जोड्दै माफी मागे…

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीसँगको एकता भङ्ग गरेको कुलमान घिसिङको

बत्ती जान थालेपछि निर्देशक शाक्यले गरे स्थलगत निरीक्षण

काठमाडौं – पाटन, स्युचाटार, बालाजुलगायत क्षेत्रमा बेलुकाको समयमा दुई दिनदेखि

पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

पाल्पा – यहाँको रामपुर नगरपालिका–८ स्थित कालीगण्डकी करिडोर सडक खण्डअन्तर्गत

प्रचण्डले भने : रुकुमपूर्वबाट निर्वाचन लड्ने निश्चित भइसकेको छ

रुकुमपश्चिम – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

एकता तोडिएसँगै उनेपाको अध्यक्ष बने घिसिङ

काठमाडौं – उज्यालो नेपाल पार्टी (उनेपा) को केन्द्रीय समिति बैठकले