राष्ट्रिय क्रिकेट खेलाडी सोमपालले टी १० लिग मराठा अरबियन्सबाट खेल्ने « Khabarhub

राष्ट्रिय क्रिकेट खेलाडी सोमपालले टी १० लिग मराठा अरबियन्सबाट खेल्ने


८ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालका तीव्र गतिका बलर सोमपाल कामीले दुवईमा हुने टी १० लिग खेल्ने भएका छन् ।

बुधबार बेलुका टी १० को अक्सनबाट उनलाई मराठा अरबियन्सले आफ्नो टोलीमा आवद्ध गरेको हो । योसँगै उनी पहिलो पटक टी १० लिग खेल्ने भएका हुन् ।

यसअघि उनले क्यानडाको ग्लोबल टी २० लिग खेलेका थिए । छोटो फर्म्याट को क्रिकेटमा भने उनी पहिलो पटक आवद्ध भएका छन् ।

टी १० खेल्ने उनी तेस्रो नेपाली खेलाडी हुन् । यसअघि पूर्व कप्तान पारस खड्का र सन्दीप लामिछानेले खेलेका थिए ।

पारस यो वर्ष टिम अबुधावीको इमर्जिङ ट्यालेन्ट मेन्टरमा नियुक्त भएका छन् भने लामिछानेले खेल्ने नखेल्ने निश्चित भइसकेको छैन ।

नेपालका पहिलो श्रेणीका बलर सोमपालका लागि यो नयाँ फर्म्याटको क्रिकेट हुनेछ । यद्यपी उनी पछिल्लो समय राम्रो लयमा छन् ।

नेपालका पहिलो रोजाईका खेलाडी सोमपालले ग्लोबल टी २० मा विनिपेग हग्सबाट खेलेका थिए । जहाँ उनले एक खेलमात्रै खेल्न पाए पनि उनको टोली च्याम्पियन बनेको थियो ।

यो संस्करणको टी १० लिग २८ जनवरीदेखि ६ फेब्रुअरीसम्म दुवईमा हुनेछ ।

प्रकाशित मिति : ८ पुस २०७७, बुधबार  ९ : ४९ बजे

हिमपातले अवरुद्ध नाग्म–गमगडी सडक सञ्चालन

जुम्ला– शनिबारको भारी हिमपातले बन्द भएको कर्णाली राजमार्गअन्तर्गत नाग्म–गमगढी सडकखण्डको

‘ब्लु हिल’मा धमाधम पर्यटकीय पूर्वाधार निर्माण गरिँदै

गलकोट– यहाँको बागलुङ नगरपालिकाको गौरवको आयोजनाका रुपमा रहेको वडा नं

भारत–युरोप व्यापार सहमति ऐतिहासिक

एजेन्सी– भारत र युरोपेली सङ्घ (ईयु) बीच करिब दुई दशकदेखि

बालेन, महेश, हर्क र निकोलसलाई स्पष्टीकरण

काठमाडौं– निर्वाचन आयोगले चार जना उम्मेदवारसँग लिखित स्पष्टीकरण मागेको छ। 

पन्चैबाजा संरक्षणमा जुटे विद्यार्थी

ढोरपाटन– बागलुङमा विद्यालयस्तरबाटै मौलिक पन्चैबाजा संरक्षण गर्न थालिएको छ ।