राष्ट्रिय क्रिकेट खेलाडी सोमपालले टी १० लिग मराठा अरबियन्सबाट खेल्ने « Khabarhub

राष्ट्रिय क्रिकेट खेलाडी सोमपालले टी १० लिग मराठा अरबियन्सबाट खेल्ने


८ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालका तीव्र गतिका बलर सोमपाल कामीले दुवईमा हुने टी १० लिग खेल्ने भएका छन् ।

बुधबार बेलुका टी १० को अक्सनबाट उनलाई मराठा अरबियन्सले आफ्नो टोलीमा आवद्ध गरेको हो । योसँगै उनी पहिलो पटक टी १० लिग खेल्ने भएका हुन् ।

यसअघि उनले क्यानडाको ग्लोबल टी २० लिग खेलेका थिए । छोटो फर्म्याट को क्रिकेटमा भने उनी पहिलो पटक आवद्ध भएका छन् ।

टी १० खेल्ने उनी तेस्रो नेपाली खेलाडी हुन् । यसअघि पूर्व कप्तान पारस खड्का र सन्दीप लामिछानेले खेलेका थिए ।

पारस यो वर्ष टिम अबुधावीको इमर्जिङ ट्यालेन्ट मेन्टरमा नियुक्त भएका छन् भने लामिछानेले खेल्ने नखेल्ने निश्चित भइसकेको छैन ।

नेपालका पहिलो श्रेणीका बलर सोमपालका लागि यो नयाँ फर्म्याटको क्रिकेट हुनेछ । यद्यपी उनी पछिल्लो समय राम्रो लयमा छन् ।

नेपालका पहिलो रोजाईका खेलाडी सोमपालले ग्लोबल टी २० मा विनिपेग हग्सबाट खेलेका थिए । जहाँ उनले एक खेलमात्रै खेल्न पाए पनि उनको टोली च्याम्पियन बनेको थियो ।

यो संस्करणको टी १० लिग २८ जनवरीदेखि ६ फेब्रुअरीसम्म दुवईमा हुनेछ ।

प्रकाशित मिति : ८ पुस २०७७, बुधबार  ९ : ४९ बजे

राष्ट्रपतिकै सामुन्‍ने संसद् बङ्क, संवैधानिक आयोगमा हस्तक्षेप, राजदूतको अपमान, अब कसरी अघि बढ्लान् ?

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’को विवादित कार्यशैली रोकिने भन्दा अझै

यस्तो छ रास्वपाको प्रस्तावना नीति सिद्धान्त र कार्यदिशा (दस्तावेजसहित)

काठमाडौं- सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो प्रस्तावना नीति कार्यदिशालाई विधानमा

रूस ‘बिना शर्त’ युरोपसँग वार्ताका लागि तयार

मस्को- रुसले युरोपेली मुलुकसँग सम्पर्क र वार्ताका लागि कुनै चेतावनी

‘गृहमन्त्रीज्यू, दक्षिणा होइन, न्याय दिनुहोस्’

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले गृह मन्त्रालय हरेक चेलीको माइतीघर भएको